अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३५ | Colorodo: 07:50

राष्ट्रिय आविष्कार केन्द्रको ‘न्यानो नानी’ मेसिनले अमेरिकामा जित्यो ’पिपुल्स च्वाइस अवार्ड’

बिआरटीनेपाल २०७९ साउन ७ गते ६:४० मा प्रकाशित

महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले बनाएको बच्चालाई न्यानो बनाउने मेसिन अर्थात बेबी वार्मर मेसिनले अमेरिकामा भएको एउटा प्रदर्शनीमा ’पिपुल्स च्वाइस अवार्ड’ जितेको छ ।अमेरिकाको नर्थ इस्ट ओहिओ मेडिकल युनिभर्सिटीले गरेको बायो मेडिकल उपकरणको आविष्कार प्रदर्शनीमा नेपालको राष्ट्रिय आविष्कार केन्द्रका इन्जिनियरले बनाएको बेबी वार्मर मेसिनले पिपुल्स च्वाइसको अवार्ड जितेको अध्यक्ष महावीर पुनले जानकारी दिनुभएको छ ।

बेबी वार्मर बनाउने इन्जिनियरले अमेरिकाको भिसा नपाएपछि मेसिनलाई कार्गोमार्फत अमेरिका पठाइएको र इन्जिनियरले जुममार्फत भाग लिएको पुनले बताउनुभएको छ । पुनले आउँदो दिनमा आविष्कारको क्षेत्रमा अघि बढ्न अवार्डले हौसला मिलेको पनि उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू