अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०८ | Colorodo: 04:23

कानून परिषदले २ करोड घुस अफर गर्ने अधिवक्ता रुद्रप्रसादलाई सोध्याे स्पष्टीकरण

बिआरटीनेपाल २०७९ साउन ३ गते ८:२१ मा प्रकाशित

नेपाल कानून व्यवसायी परिषदले न्यायाधीशलाई २ करोड रुपैयाँ घुस अफर गर्ने अधिवक्ता रुद्रप्रसाद पोखरेललाई ७ दिने स्पष्टीकरण सोधेको छ ।काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई घुस प्रलोभन देखाएका अधिवक्ता पोखरेललाई ७ दिनभित्र जवाफ पेश गर्न परिषदले आज (मंगलबार) सार्वजनिक सूचना निकालेको हो । ७ दिनभित्र जवाफ पेश नगरे कानून बमोजिम कारबाही गरिने चेतावनी समेत परिषदले दिएको छ ।

सहकारी ठगी मुद्दा खेपिरहेका इच्छाराज तामाङलाई १० करोड धरौटीमा छुटाउने विषयमा न्यायाधीश कोइराला र अधिवक्ता पोखरेलबीच भएको मोलमोलाइको अडियो सार्वजनिक भएको थियो । सार्वजनिक अडियोमा पोखरेलले ‘मुद्दा मिले २ करोड रुपैयाँ तपाईको भागमा पर्छ’ भनेर प्रलोभन दिइरहेको सुनिन्छ । उक्त अडियोमा अधिवक्ता पोखरेलले ‘माथिबाट’ भन्न लगाउने भन्दै न्यायाधीश कोइरालालाई आश्वस्त पार्न खोजेको खुलासा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू