अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१३ | Colorodo: 05:28

वाम एकताका लागि पहल गर्ने एकीकृत समाजवादीको निर्णय

बिआरटीनेपाल २०७९ साउन ३ गते ८:१५ मा प्रकाशित

नेकपा एकीकृत समाजवादीले वाम एकताको लागि पहल गर्ने निर्णय गरेको छ । मंगलवार तीनकुनेस्थित नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले वाम एकताका लागि पहल गर्ने निर्णय गरेको महासचिव डा.बेदुराम भुसालले जानकारी दिनुभयो ।‘विचार मिल्ने वामपन्थी दलहरूको बीचका एकताका लागि पहल गर्ने निर्णय सचिवालय बैठकले गरेको छ । अब हामी पार्टी एकताको लागि छलफल चलाउँछौं । अहिले नै पार्टी एकता गरिहाल्ने अवस्था भने छैन तर छलफललाई निरन्तरता दिन्छौं,’ भुसालले भन्नुभयो ।

छलफल वामपन्थी पार्टीहरूको बीचमा मोर्चा बनाउने र विचार मिल्नेहरूका बीचको एकताका लागि पनि हुन सक्ने उहााले बताउनुभयो । त्यसबाहेक एकीकृत समाजवादीको सचिवालय बैठकले केन्द्रीय परिषद् बैठकबाट पारित भएको कार्ययोजनाको समीक्षा र कार्यान्वयनबारे छलफल गरेको छ ।

संगठन सुदृढीकरणको योजनाबारे पनि बैठकमा छलफल भएको भुसालले बताउनुभयो । पार्टीले समाजवादको वस्तुगत अवधारणा बनाउने, अहिले देखिएको आर्थिक संकट समाधानका लागि पार्टीको धारणा बनाउने लगायतका विषयमा सचिवालयमा छलफल भएको भुसालको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू