अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०१ | Colorodo: 06:16

नेपालमा थप ३ सय ५७ जनामा काेराेना पुष्टि, सक्रिय सङ्क्रमितकाे सङ्ख्या झन्डै २ हजार जना

बिआरटीनेपाल २०७९ साउन ३ गते ७:४९ मा प्रकाशित

पछिल्लो २४ घण्टामा तीन सय ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार तीन सय ५७ जनाको नमुना परीक्षण गर्दा तीन सय ५७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा ६२ जना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन । केही दिनयता सङ्क्रमण बढ्दै गएकाले नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १९ सय ८२ जना पुगेको छ ।  थप ३६ हजार तीन सय ४८ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया