अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४२ | Colorodo: 03:57

मनसुन सक्रिय, ३ दिनसम्म पानी पर्ने सम्भावना, गर्मीबाट राहत

बिआरटीनेपाल २०७९ साउन ३ गते ७:४६ मा प्रकाशित

मनसुन फेरि सक्रिय हुन थालेको छ । मनसुन सक्रिय भएसँगै देशका धेरै ठाउँको मौसम बदली भएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।  आज मङ्गलवार दिउँसोदेखि नै काठमाण्डौसहित देशका विभिन्न ठाउँमा पानी पर्न थालिसकेको छ । अबको तीन दिनसम्म नै मौसम बदली भइ धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् मानन्धरले बताउनुभयो ।

आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा ठूलो वर्षा हुने मौसमविद्ले बताएका छन् । लगातार तीन दिन पानी पर्ने सम्भावना रहेकाले बाढी, पहिरोको जोखिम हुने भन्दै मौसमविद्ले सतर्कता अपनाउन पनि आग्रह गरेका छन् ।

पर्सि बिहीवार दिउँसोदेखि भने मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन्  । मनसुनको न्यून चापीय रेखा सामान्य अवस्थाभन्दा केही माथि अर्थात् नेपालतिर सरेकाले मनसुन फेरि सक्रिय भएको हो । हिजो/अस्ति मनसुनी न्यून चापीय रेखा भारततर्फ रहेकाले नेपालमा पानी पर्न सकेको थिएन । मौसम बदली भएसँगै गर्मी कम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू