अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०५ | Colorodo: 12:20

नेपाल टी-ट्वान्टी लिगको टिम घोषणा सोमबार

बिआरटीनेपाल २०७९ साउन १ गते ७:४८ मा प्रकाशित

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–ट्वान्टी लिगको टिम घोषणा गर्ने भएको छ ।क्यानले सोल्टीमोडस्थित हायात प्यालेसमा सोमबार एक कार्यक्रमबीच नेपाल टी–ट्वान्टी लिग खेल्ने टोलीको घोषणा गरिने जनाएको छ । क्यानले आयोजना गर्न लागेको पहिलो संस्करणको प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी–भैरहवा र सुदूरपश्चिमको टोली रहने छन् ।

प्रतियोगिता अगि असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुनेछ । क्यानले आयोजना गर्न लागेको पहिलो फ्रेन्चाइज क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मान्यता दिएको छ । यस्तै, प्रतियोगितालाई नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यस अघि नै मान्यता दिईसकेको छ । क्यानले प्रतियोगिता आयोजना गर्न भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँग सम्झौता गरिसकेको छ ।

प्रतिक्रिया