अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४७ | Colorodo: 16:02

आईसीसी पुरुष विश्वकप लिग टू- नेपालद्वारा स्कटल्याण्डलाई १२९ रनको लक्ष्य

बिआरटीनेपाल २०७९ साउन १ गते ७:४४ मा प्रकाशित

आईसीसी पुरुष विश्वकप लिग टू अन्तर्गत नेपालले घरेलु टोली स्कटल्याण्डलाई जितका लागि १ सय २९ रनको लक्ष्य दिएको छ ।टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभर ५ बलमा अलआउट हुँदै १ सय २८ रन बनायो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ४० रन बनाए । विनोद भण्डारीले १३ रन जोड्दा देव खनाल र रोहित पौडेलले समान १०/१० रन बनाए ।

ओपनर कुशल भुर्तेल ३ रनमा आउट हुँदा दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र करण केसीले समान ७ रन बनाए । आरिफ शेख शुन्य रन आउट भए । कप्तान सन्दीप लामिछाने २२ रनमा आउट हुँदा किशोर महतो सुन्य रनमा अविजित रहे ।

स्कटल्याण्डका हाम्जा ताहिरले ४ तथा मार्क वाटले ३ विकेट लिए । गाभिन मेनले २ विकेट लिए । आज घरेलु टोलीविरुद्ध नेपाल जित निकाल्दै सिरिजको सुखद अन्त्य गर्न चाहन्छ । यस्तै नेपाल स्कटल्याण्डविरुद्ध लगातार दोस्रो भेटमा जित निकाल्न चाहन्छ । यसअघिको भेटमा नेपालले स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो ।

यता, स्कटल्याण्ड भने नेपालविरुद्ध पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ । स्कटल्याण्ड पनि नेपाललाई हराएर सिरिजको सुखद अन्त्य समेत गर्न चाहन्छ । नेपाल लिग टू को अंक तालिकाको छैटौं स्थानमा रहेको छ । नेपालले १९ खेलमा १७ अंक जोडेको छ । स्कटल्याण्ड दोस्रो स्थानमा रहेको छ । स्कटल्याण्डले २३ खेलमा ३२ अंक जोडेको छ ।

प्रतिक्रिया