अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५५ | Colorodo: 03:10

माओवादी एक्लै चुनाव लड्दै लड्दैन : गृहमन्त्री खाँण

बिआरटीनेपाल २०७९ असार ३२ गते ६:१९ मा प्रकाशित

गृहमन्त्री बालकृष्ण खाँणले नेकपा (माओवादी केन्द्र)ले गठबन्धनबिना एक्लै निर्वाचनमा प्रतिस्पर्धा नै नगर्ने जिकिर गर्नुभएको छ । सानेपामा जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा शनिबार उहाँले माओवादीले एक्लै निर्वाचन नलड्ने र कुनै ‘पाटर्नर’ खोजी गर्ने बताउनुभयो ।कांग्रेस केन्द्रीय सदस्य समेत रहेका खाँणले निर्वाचनमा गठबन्धन गर्दा पार्टीका नेताहरूको सिट कटौती हुन सक्ने र त्यसका लागि सबै तयार रहनुपर्ने पनि उल्लेख गर्नुभयो ।

“गठबन्धनबिना माओवादी एक्लै चुनाव लड्दै लड्दैन । उसले कुनै अर्को पार्टनर खोजी हाल्छ,” खाँणले बैठकमा भन्नुभयो , “गठबन्धन भयो भने कसैको पनि सिट जान सक्छ, यसका लागि सबै तयार रहनुपर्छ ।” मन्त्री खाँणले अहिले मात्र नभई धेरैपछिसम्म पनि गठबन्धनको आवश्यकता रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू