अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०८ | Colorodo: 03:23

बाबुराम भट्टराईलाई कारबाही गरेपछि धमाधम पार्टी परित्याग गर्दै जसपा नेताहरू

बिआरटीनेपाल २०७९ असार ३२ गते ५:४९ मा प्रकाशित

जनता समाजवादी पार्टी (जसपा)का नेताहरूले धमाधम पार्टी परित्याग गर्न थालेका छन् । नेताहरूबीच विवाद बढदै गएपछि कार्यकर्ताहरूले धमाधम पार्टी छाड्न थालेका हुन् ।वीरगञ्जमा बसेको जसपा उपेन्द्र यादव पक्षको केन्द्रीय समितिको बैठकले संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईसहित नौजनालाई पार्टीबाट निष्कासन गरेपछि पार्टीको विवाद झनै् चर्किएको हो । योसँगै जिल्ला तथा केन्द्रका नेताहरू पार्टी छाड्दै अन्य पार्टीमा प्रवेश गर्न थालेका छन् ।

पार्टीकी कार्यकारिणी सदस्य रेणु यादवले वीरगञ्जबाट आफ्नो सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिनुभएको छ । यादव यसअघि पार्टीबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुनुहुन्थ्यो । यादवलाई हटाएर कार्यकारिणी सदस्य इस्तियाक राइलाई मन्त्री बनाइएको छ । यादवले सरकारबाट मन्त्री फिर्ता बोलाउँदा चारैजना मन्त्रीलाई फिर्ता बोलाउनुपर्नेमा तीन जनालाई मात्र फिर्ता बोलाएर राजेन्द्र श्रेष्ठलाई संघीय मामिला तथा प्रशासन मन्त्रालयमा यथावत् राखिएको प्रति असन्तुष्टि जनाउनुभएकाे थियाे ।

अध्यक्ष उपेन्द्र यादवले भने नेतृ रेणु यादव केही समयका लागि आक्रोशित भएर पदबाट राजीनामा दिएको भए पनि रिस शान्त भएपछि पुनः पार्टीमा फिर्ता हुने दाबी गर्नुभयाे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू