अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४० | Colorodo: 02:55

देशभर थप २ सय ५ जनामा कोरोना संक्रमण

बिआरटीनेपाल २०७९ असार ३२ गते ५:४६ मा प्रकाशित

देशभर पछिल्लो २४ घण्टामा थप २ सय ५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा ३ हजार ९० जनाको नमूना परीक्षण गरिएको थियो ।१ हजार १ सय ९९ जनाको पीसीआर र १ हजार ८ सय ९१ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २ सय ५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

शनिबार ५१ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर १ हजार ३ सय ८५ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू