अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५९ | Colorodo: 12:14

आईसीसी विश्वकप क्रिकेट लिग–२ : नेपालविरुद्धको खेलमा नामिबियाले टस जित्यो

बिआरटीनेपाल २०७९ असार ३२ गते ३:२७ मा प्रकाशित

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्याण्ड जारी त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालविरुद्धको दोस्रो खेलमा नामिबियाले टस जितेको छ ।क्यामबुसडून क्रिकेट मैदानमा भएको टस जितेर नामिबियाले ब्याटिङ रोजेको हो । पहिलो खेलमा पराजित नेपालले नामिबियासँग हारको बदला लिने लक्ष्यमा हुनेछ ।

श्रृंखलाको पहिलो खेलमा हराएको नामिबिया पनि नेपालमाथि जित निकाल्दै तालिकामा स्थान सुधार गर्ने लक्ष्यमा हुनेछ ।आईसीसी विश्वकप लिग–२ को अंक तालिकामा ३६ खेलमध्ये अहिलेसम्म १८ खेल खेलको नेपाल १७ अंकका साथ पाचौं स्थानमा छ ।

शनिवार हुने खेलमा नेपालले जित निकाल्दै चौथो स्थानमा रहेको अमेरिकासँगको अंक दूरी घटाउने लक्ष्यमा हुनेछ । २४ खेल खेलको अमेरिकाले तालिमा २३ अंक जोडेको छ । यस्तै नामिबियाको १७ खेलबाट १६ अंक छ ।

प्रतिक्रिया