अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४२ | Colorodo: 08:57

एक महिनाभित्र विद्यार्थीको हातमा पुस्तक पुर्याउन शिक्षा समितिको सरकारलाई निर्देशन

बिआरटीनेपाल २०७९ जेठ ११ गते ७:४५ मा प्रकाशित

एक महिनाभित्र विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्याउन संसदको शिक्षा तथा स्वास्थ्य समितिले सरकारलाई निर्देशन दिएको छ । आज बसेको समितिको आज बसेको बैठकले विद्यार्थीलाई पढाइबाट बञ्चित हुन नदिन सरकारलाई निर्देशन दिएको हो ।

जेठ १ गतेबाट शैक्षिक सत्र सुरु भइसकेपनि सबैजसो विद्यार्थीहरूले अझै पुस्तक पाउन सकेका छैनन् । नयाँ शैक्षिक सत्रमा सरकारले चार, सात र नौ कक्षाका लागि नयाँ पाठ्यक्रम लागू गरेको छ । तर, नयाँ पाठ्यक्रमअनुसारका पुस्तक नपुग्दा तीन ओटा कक्षामा अध्यनरत झण्डै २४ लाख विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।

शैक्षिक सत्र सुरु भइसक्दा समेत विद्यार्थीहरूले पाठ्यपुस्तक नपाएपछि यथाशीघ्र पुस्तक उपलब्ध गराउन निर्देशन दिएको समितिका सभापति जयपुरी घर्तीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू