अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२१ | Colorodo: 08:36

नीति तथा कार्यक्रम र बजेटका छलफलमा सक्रिय सहभागिता जनाउन सांसदलाई प्रचण्डको निर्देशन

बिआरटीनेपाल २०७९ जेठ १० गते ८:२१ मा प्रकाशित

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमाथिको छलफलमा सक्रिय सहभागी भई त्यसलाई पारित गर्न पार्टीका सांसदहरूलाई निर्देशन दिनुभएको छ ।

सरकारको नीति तथा कार्यक्रम पेश गर्नु अघि सिंहदरबारमा पार्टी संसदीय दलको बैठक बोलाई अध्यक्ष प्रचण्डले पार्टीको नीति र निर्देशन अनुसार सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गर्ने नीति तथा कार्यक्रम र बजेटमाथिको छलफलमा सहभागी भई पारित गराउन सांसदहरूलाई निर्देशन दिनुभयो ।

पार्टीको नीति र निर्देशन अनुसार त्यही रुपमा सहभागी हुन अध्यक्ष प्रचण्डले अनुरोध गर्नुभएको प्रमुख सचेतक देव गुरुङले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू