अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१२ | Colorodo: 06:27

गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद सर्यो

बिआरटीनेपाल २०७९ जेठ १० गते ८:१५ मा प्रकाशित

गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद चार महिना पछाडि सरेर असोज–कात्तिकको मध्यमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को सिफारिसमा मन्त्रिपरिषद्को बैठकले मंगलबार यो निर्णय गरेको हो । त्यसअनुसार अब असोज २८ देखि कात्तिक ३ गतेसम्म नेपाली खेलकुदका सबैभन्दा ठूलो खेल महोत्सव हुनेछ । यस अगाडि प्रतियोगिता जेठ २२ देखि २८ सम्म हुने तय भएको थियो ।

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले पत्रकार सम्मेलन गर्दै सबै पक्षको सल्लाहमा प्रतियोगिता सार्ने निर्णय भएको जानकारी दिनुभयो । प्रतियोगिता पछाडि सरे पनि यसलाई लिएर पूर्वनिर्धारित कार्यक्रम भने त्यसैअनुसार सञ्चालन हुनेछन् । नवौं राष्ट्रिय खेलकुद चीनमा हुने १९ एसियाली खेलकुदको छनोट र तयारी पनि रहेको छ । एसियाली खेलकुद स्वयं पछाडि सरेको स्थितिमा राष्ट्रिय खेलकुद पनि पछाडि सरेको हो । प्रतियोगितामा ३६ खेल समावेश छन् ।

प्रतिक्रिया