अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२१ | Colorodo: 03:36

इंग्लीश प्रिमियर लिग फुटबलको उपाधि म्यान्चेस्टर सिटीलाई

बिआरटीनेपाल २०७९ जेठ ९ गते ८:१७ मा प्रकाशित

यस वर्षको इंग्लीश प्रिमियर लिग फुटबलको उपाधि म्यान्चेस्टर सिटीले जितेको छ। सिजनको अन्तिम खेलमा आइतबार राती एस्टन भिल्लालाई ३–२ ले हराउँदै सिटीले पाँच वर्षमा चौथो उपाधि जितेको हो। यो जितसँगै म्यान्चेस्टर सिटीले ३८ खेलबाट ९३ अंक बटुल्दै उपाधि जितेको हो। ९२ अंक जोडेको लिभरपुल भने दोस्रो स्थानमा समेटिएको छ।

लिभरपुलले आइतबार रातीको खेलमा वुल्भरह्याम्पटन वान्डरर्सलाई ३–१ ले पराजित गरेको छ। यसैगरि वाट्फोर्डलाई २–१ ले पराजित गरेको चेल्सीले तेस्रो स्थानमा लिग सकाउदा नरिच सिटीलाई ५–० ले पाखा लगाउदै टोटनह्याम हट्सपरले चौथो स्थान सुरक्षित गरेको छ।

यस पटक आर्सनल पाँचौ भएको छ भने म्यान्चेस्टर युनाइटेड छैटौं तथा वेष्ट ह्याम युनाइटेड सातौं भएको छ। अन्तिम खेलमा न्युकासल युनाइटेडसँग २–१ ले पराजित भएको बर्न्ले रेलीगेशनमा परेको छ। यसअघि नरिच सिटी र वाट्फोर्ड पनि रेलीगेशनमा परिसकेका छन्।

प्रतिक्रिया