अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४८ | Colorodo: 02:03

चीनमा हुने एसियाली खेलकुद स्थगित

बिआरटीनेपाल २०७९ वैशाख २४ गते ६:४३ मा प्रकाशित

चीनमा आगामी सेप्टेम्बरमा आयोजना हुने १९ औं एसियाली खेलकुद (एसियाड) अनिश्चितकालका लागि स्थगित गरिएको छ । चीनमा हालै फैलिएको कोभिड–१९ का कारण चीन सरकारले एसियाड स्थगित गरेको अनुमान गरिएको छ ।

समाचार एजेञ्सी एएफपीका अनुसार एशियन ओलम्पिक काउन्सिलले एक वक्तब्य मार्फत सेप्टेम्बर १० देखि २५ सम्म चीनको ह्याङचौमा आयोजना गर्ने तय भएको एसियाड स्थगित गरिएको जनाएको हो ।काउन्सिलले प्रतियोगिताको अर्को मिति पछि घोषणा गरिने उल्लेख गरेको छ ।

खेल आयोजना हुने ह्याङचौ शहर हालै महिना दिन लामो लकडाउन गर्ने गरी कोरोना फैलिएको साङहाइको नजिकै पर्ने भएकाले चीन सरकारले पूर्व सतर्कताका लागि खेल स्थगित गरेको अनुमान गरिएको छ । गत महिना मात्रै आयोजकले एसियाडका लागि आवश्यक पर्ने ५६ वटा खेल स्थलको निर्माण पूरा भएको बताएका थिए ।

चीन सरकारले भने औपचारिक रुपमा खेल स्थगित गरेको विषयमा कुनै प्रतिक्रिया दिएको छैन् ।

प्रतिक्रिया