अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५० | Colorodo: 22:05

गोपी मैनालीको निबन्धकला

- प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल

प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल २०७८ चैत २४ गते २१:२२ मा प्रकाशित

१. विषयप्रवेश
पिता केदारनाथ मैनाली र माता रेवती मैनालीका छैटौं सन्तानका रुपमा २०२० साल असार १ गते काभ्रेपलान्चोक जिल्लाको कानपुर हालको नमोबुद्ध नगरपालिका–५ मा जन्मिएका गोपी मैनाली हाल काठमाडौंको बानेश्वर, शङ्खमूलमा श्रीमती कमलाका साथ बसोबास गर्छन् भने यिनका दुई सन्तान शुभम र सुव्रत अमेरिकामा बसोबास गर्छन्। यिनले एमए (अर्थशास्त्र), एमपिए द्वय (वित्त, विकास), बिएल, बिबिए, बिएडसम्मको उच्चशिक्षा हासिल गरेका छन् । यिनी उच्चशिक्षित व्यक्तित्व मात्र नभएर उच्च प्रशासक र विशिष्ट सात्यिकार पनि हुन् ।

२. प्रशासक गोपीनाथ मैनाली
२०३८ सालमा खरिदारबाट निजामती सेवामा प्रवेश गरेका गोपीनाथ मैनालीले २०४३ सालमा नायव सुब्बा भई केही समय काम गरेर त्यसबाट राजिनामा दिए । यिनले २०४५ सालमा शाखा अधिकृत भई स्थानीय विकास अधिकारी, विभिन्न नगरपालिकाहरुमा कार्यकारी अधिकृत भएर कार्य गरेको देखिन्छ । २०५३ सालमा उपसचिव भएपछि मैनालीले लोकसेवा आयोग, राजस्व प्रशासन तालिम केन्द्र, शिक्षा मन्त्रालय, रक्षा लेखा नियन्त्रक कार्यालय आदिमा विभिन्न जिम्मेवार पदमा रही कार्य गरे । २०६५ सालमा सहसचिव भएपछि मैनालीले राष्ट्रिय योजना आयोगमा लामो समयसम्म कार्य गरेको देखिन्छ । २०७३ सालमा सचिव भएपछि पश्चिमाञ्चल विकास क्षेत्र पोखरामा क्षेत्रीय प्रशासक, निर्वाचन आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, महालेखा नियन्त्रक, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, उपराष्ट्रपतिको कार्यालय आदि ठाउँमा सेवा गरी सेवानिवृत्त भैसकेका छन् । यसरी सरकारी सेवामा तल्लो तहदेखि माथिल्लो तहसम्म पुगेर कुशल प्रशासकको छवि बनाएका ज्यादै कम व्यक्तिमा यिनी पर्छन् ।

विभिन्न सरकारी निकायका उच्च प्रशासनिक तहमा रहेर विभिन्न जिम्मेवार पदमा रही कुशलतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरेका कुशल प्रशासक र योजनाविज्ञका रुपमा परिचित गोपीनाथ मैनालीले सरकारी सेवामा रहँदा विभिन्न पदमा रहेर निम्नलिखित विशेष जिम्मेवारी निर्वाह गरेको देखिन्छ:

  • पश्चिमी तराई गरिबी निवारण आयोजना कार्यदलको सदस्य (२०५२)
  • जग्गा प्राप्ति तथा पुनर्वास नीति तर्जुमा कार्यसमूहको संयोजक (२०६६)
  • गरिबी र वातावरणीय प्रयास समितिको राष्ट्रिय संयोजक (२०६७)
  • जलवायु परिवर्तन बजेट कार्यदलको संयोजक (२०६७)
  • जलवायु परिवर्तन समितिको फोकल पर्सन (२०६८)
  • न्यून कार्बन विकास रणनीतिको सहसंयोजक (२०६९)
  • हरित अर्थतन्त्र खाका तर्जुमा समितिको संयोजक (२०७०)
  • एसिया प्यासिफिक इनर्जी फोरमको राष्ट्रिय फोकल पर्सन (२०७०)
  • सबैको लागि दिगो ऊर्जा कार्यक्रमको सदस्यसचिव (सन् २०१२)
  • निजी सार्वजनिक साझेदारी इकाइको प्रमुख (२०७१)
  • दिगो विकास लक्ष्य तर्जुमा समितिको संयोजक (२०७१)
  • बस्ती विकास कार्यदलको सदस्यसचिव (२०७१)
  • राष्ट्रिय गौरवका योजना मापदण्ड तर्जुमा कार्यदलको सदस्यसचिव (२०७१)
  • सहरी विकास सूचकाङ्क निर्धारण कार्यदलको सदस्यसचिव (२०७१)
  • भूकम्पीय विपदपछिको आवश्यकता आँकलन समूहको सदस्य (२०७२)
  • निक्षेप तथा कर्जा सुरक्षण कोष सञ्चालक समितिको अध्यक्ष (२०७६)
  • कोरोना कोष सञ्चालक समितिको सदस्य (२०७६)
  • नेपाल सरकार र चिकित्सा शिक्षा सुधारका लागि सत्याग्रही डा. गोविन्द केसीबीच सरकारी वार्ता टोलीको संयोजक (२०७७)
  • स्वप्न बाटिका विकास समितिको अध्यक्ष (२०७७)
  • जनक शिक्षा सामग्री केन्द्रको अध्यक्ष (२०७७)
  • विश्वविद्यालय अनुदान आयोगको सदस्य (२०७७)
  • त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालयलगायत एघार विश्वविद्यालय र चार स्वास्थ्यविज्ञान प्रतिष्ठानको सिनेट सदस्य (२०७७)
  • राष्ट्रिय परीक्षा बोर्डको उपाध्यक्ष (२०७७)
  • पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को सदस्य (२०७७)
  • प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सदस्य (२०७७)
  • राष्ट्रिय शिक्षा समिति र उच्चस्तरीय अनुगमन समितिको सदस्य (२०७७)
  • नेपालका लागि युनेस्को राष्ट्रिय आयोगको महासचिव (२०७७)
  • बुढानिलकण्ठ स्कुल सार्वजनिक शैक्षिक गुठी र गण्डकी सार्वजनिक शैक्षिक गुठीको अध्यक्ष (२०७७)
  • बारौं, तेरौ र चौधौं योजना तर्जुमा कार्यदलको सदस्य
  • प्रशासन व्यवस्थापन तथा विकास केन्द्र (कामाद) को आजीवन सदस्य
  • नेपाल जनप्रशासन सङ्घ (पान) को आजीवन सदस्य
  • जापान नेपाल एल्मुनाइ एसोसिएसन (जान) को आजीवन सदस्य आदि ।

उल्लिखित विशेष जिम्मेवारी निर्वाह गरेका गोपीनाथ मैनालीले नेपालको संविधान जारी भएपछि त्यसको कार्यान्वयनका सिलसिलामा निर्वाचनसम्बन्धी कानुन तर्जुमालगायतका पूर्वाधार निर्माण र पहिलो निर्वाचनमा सक्रिय भूमिका निर्वाह गर्नाका साथै नेपालको सहकारी आन्दोलनको शुद्धीकरण, भूमि सुशासन र गरिबी पहिचान गर्न पनि उल्लेख्य योगदान पु¥याएका छन् । यसका अतिरिक्त नेपालको सर्वजनिक वित्त व्यवस्थापन सुधारका लागि क्रियाकलापमा आधारित लेखा प्रणाली (सिगास) र सरकारी भुक्तानीलाई विद्युतीय बनाउन प्रणाली विकास गर्न पनि यिनको विशेष अग्रसरता रहेको देखिन्छ ।

गोपीनाथ मैनालीले सरकारी जागिरकै सिलसिलामा अनेकौं अन्तर्राष्ट्रिय गोष्ठी एवं सेमिनारमा सहभागी हुने क्रममा युरोप, अमेरिका, अस्ट्रेलिया, अफ्रिका र एसिया महादेशका थुप्रै मुलुकको भ्रमण गरी ती मुलुकका अनेकौं प्रशासनिक अनुभव सँगालेका छन् । कुशल प्रशासक र योजनाविज्ञका रुपमा परिचित तथा प्रशासनिक क्षेत्रमा उच्च कार्यकौशल, व्यावसायिक सीप र क्षमता भएका मैनालीको कार्यकौशल, सीप र क्षमताको सदुपयोग गर्न सरकारले नसकेको देखिन्छ ।

३. साहित्यकार गोपी मैनाली
विद्यालय तहमा अध्ययन गर्दादेखि नै कविता, निबन्ध लेखनका साथै विभिन्न साहित्यिक प्रतियोगितामा सहभागी हुने गरेका गोपी मैनाली कलेजमा अध्ययन गर्दादेखि नै राष्ट्रिय स्तरका साहित्यिक प्रतियोगितामा पुरस्कृत भइसकेको देखिन्छ । आकार, व्यथा, लहरा, अभिव्यक्ति आदि पत्रिकामा लेख, निबन्ध, कविता प्रकाशन गरी साहित्यिक यात्राको थालनी गरेर त्यसलाई निरन्तरता दिएका मैनालीका समकालीन साहित्य, प्रज्ञा, गरिमा, मधुपर्क, शारदा, अभिव्यक्ति, आलेख, सुलेख, लहरा, व्यथा, आकारलगायत विभिन्न साहित्यिक पत्रिका तथा संस्थाका प्रकाशनहरु र विभिन्न अनलाइनमा कविता, कथा, समालोचना, निबन्ध÷नियात्रा प्रकाशन हुनाका साथै रेडियो र टेलिभिजनहरुमा साहित्यिक रचना तथा अन्तर्वार्ता पनि प्रसारण भएका छन् । लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, विश्वेश्वरप्रसाद कोइराला आदिका कृतिबाट प्रभावित भएर अनि सिद्धिचरण श्रेष्ठ, मञ्जुल, पारिजात आदिको सङ्गतबाट साहित्यलेखनतर्फ आकर्षित भएको बताउने मैनाली नेपाली साहित्यमा आफ्नो छुट्टै पहिचान बनाइसकेका व्यक्तित्व हुन् ।

नेपाली साहित्यका क्षेत्रमा गोपी मैनालीका नामबाट परिचित रहेका यिनी निबन्ध र समालोचनाका साथै अर्थ र योजना विषयक लेखनमा क्रियाशील छन् । यिनले अवसाद अभिनयी (२०४०), आ“खाभरि रमिता मनभरि वेदना (२०६३, नियात्रा) तथाअपेक्षा र अनुभूति(२०७४) शीर्षकका निबन्धसङ्ग्रहका माध्यमबाट विशिष्ट निबन्धकार व्यक्तित्वको निर्माण गरेका छन् भने युगकवि सिद्धिचरण ः कृति र प्रवृत्ति विश्लेषण (२०६८) शीर्षकको समालोचनात्मक कृतिका माध्यमबाट समालोचक व्यक्तित्वको निर्माण गरेका छन् । यसका साथै यिनले अर्थ र सार्वजनिक प्रशासन, योजना र व्यवस्थापनसम्बन्धी प्रत्यक्ष शासन र जनआन्दोलन (२०६४), राज्य सञ्चालनका आधारहरु(२०६६), नेपालमा बजेट र योजना(२०६७), प्रशासन र सुशासन(२०६८), विकास, व्यवस्थापन र व्यावसायिकता (२०७४) आदि पुस्तक तथा विभिन्न छापा र अनलाइन पत्रिकामा प्रकाशित प्रशस्त लेखरचनाहरूका माध्यमबाट गैरसाहित्यिक लेखक व्यक्तित्वको पनि निर्माण गरेका छन् । बहुमुखी व्यक्तित्वका धनी गोपी मैनालीका यी विभिन्न व्यक्तित्वमध्ये सर्वाधिक महङ्खवपूर्ण व्यक्तित्व निबन्धकार व्यक्तित्व हो ।

नेपाली साहित्यका क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेका गोपी मैनालीका बारेमा त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागबाट गोपी मैनालीको जीवनी, व्यक्तित्व र कृतित्वका बारेमा शोधकार्य पनि सम्पन्न भइसकेको छ भने दायित्व, हिमाल खबर पत्रिका, गोरखापत्र दैनिकलगायतका विभिन्न पत्रिकामा उनका बारेमा समालोचना पनि प्रकाशित छन् ।

प्रशासनिक र साहित्यिक दुवै क्षेत्रमा विशिष्ट स्थान निर्माण गरेका गोपी मैनाली यी दुवै क्षेत्रका विभिन्न सम्मान, पुरस्कार र विभूषणबाट सम्मानित, पुरस्कृत र विभूषित भएका छन् । यिनले हालसम्म प्राप्त गरेका सम्मान, पुरस्कार र विभूषण यसप्रकार छन्:

  • संयुक्त राष्ट्रसङ्घीय प्रणालीबाट विशेष प्रशंसापत्र (सन् २०१३)
  • काभ्रे सेवा समाजबाट सम्मानित (२०७४)
  • मैनाली समाज नेपालबाट सम्मानित (२०७४)
  • सुप्रबल जनसेवाश्रीबाट विभूषित (२०७५)
  • नेपाल सरकारबाट राष्ट्रिय प्रतिभा पुरस्कार (२०७६)
  • नित्यराज प्रज्ञा प्रतिष्ठानबाट महाकवि लक्ष्मीप्रसाद देवकोटा पुरस्कार (२०७६)
  • नेपाल बचत तथा ऋण सहकारी केद्रीय सङ्घबाट सहकारी क्षेत्रमा गरेको योगदानका लागि विशेष सम्मान (२०७६)
  • म्याग्दी सहकारीबाट सहकारी क्षेत्रमा गरेको योगदानका लागि कदरपत्र (२०७६)
  • रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ र रोटरी क्लब अफ राजधानीबाट इथिक्स सिम्पोसियम २०१९–२०२० मा सम्मानित (सन् २०२०)
  • धुलिखेल सेवाश्रीबाट विभूषित (२०७७)
  • अन्तर्राष्ट्रिय लयान्स तथा लायन्स क्लब अफ काभ्रे, शङ्खुबाट जिल्लाको विकास एवं राष्ट्रिय योगदानका लागि नागरिक सम्मान (२०७७)

४. निबन्धबारे केही कुरा
साहित्यका प्रमुख चार विधा (कविता, कथा, उपन्यास, नाटक) मध्ये निबन्धलाई कान्छो विधा मानिए पनि निबन्ध शब्दको प्रयोग भने पूर्व र पश्चिम दुवैतिर प्राचीन कालदेखि नै विभिन्न अर्थमा भएको पाइन्छ । निबन्ध शब्दको अर्थ राम्ररी बा“ध्नु भन्ने भएको हु“दा निबन्धलेराम्ररी बा“धिएको रचना अर्थात् विषयविशेषलाई निश्चित सीमामा बा“धिएको रचना भन्ने बुझाउ“छ । निबन्धका लागि फ्रेन्च भ्ककबष् शब्दबाट व्युत्पन्न भ्ककबथ शब्द अङ्ग्रेजीमा प्रचलित छ । फ्रेन्च भ्ककबष् र अङ्ग्रेजी भ्ककबथ को अर्थ प्रयत्न, प्रयास, कोसिस वा चेष्टा भन्ने हुन्छ । यस व्युत्पत्तिबाट एउटा साहित्यिक विधाका रूपमा निबन्धले अभिव्यक्तिका निम्ति सुगठित प्रयत्न वा प्रयास गरिएको रचनालाई बुझाउँछ ।

सोरौँ शताब्दीका फ्रान्सेली लेखक मिसल द मोन्तेनले सर्वप्रथम निबन्धलाई आत्मपरक साहित्यिक गद्यविधाका रूपमा स्थापित गरेपछि सत्रौ“ शताब्दीका बेलायती लेखक फ्रान्सिस बेकनले यसलाई वस्तुपरक धारबाट अगि बढाए । यसरी पाश्चात्य जगत्बाट थालिएको निबन्ध विधा सुरुमै आत्मपरक र वस्तुपरक गरी दुई धारमा विकसित भएको देखिन्छ । मोन्तेनबाट थालिएको आत्मपरक धार र बेकनबाट थालिएको वस्तुपरक धार दुवै धारलाई विभिन्न व्यक्तिहरूको लेखनबाट निबन्धले साहित्यिक गद्यविधाको स्वरूप ग्रहण गरेको हो ।

निबन्धसम्बन्धी पूर्वीय र पाश्चात्य दुवै दृष्टिकोणलाई अध्ययन गर्दा आधुनिक गद्य विधाविशेषलाई बुझाउने निबन्ध शब्द अङ्ग्रेजी भ्ककबथ को तात्पर्यस“ग निकट रहेको देखिन्छ । पूर्वीय साहित्यमा निबन्ध शब्दको प्रयोग प्राचीन कालदेखि नै विभिन्न अर्थमा गरिएको पाइए पनि साहित्यिक सन्दर्भमा प्रयोग गरिएको नपाइने हु“दा र त्यसले साहित्यिक गद्य विधाविशेषलाई नबुझाएको तर पाश्चात्य साहित्यमा प्रचलित भ्ककबथ शब्दले सुरुदेखि नै साहित्यिक गद्य विधाविशेषको अर्थ ग्रहण गरेको हु“दा निबन्ध पूर्वको नभएर पश्चिमको देन भएको स्पष्ट हुन्छ ।

कुनै विषयबारे छोटोछरितो, सोद्देश्यपूर्ण र विश्वसनीय रूपमा आत्मपरक वा वस्तुपरक ढङ्गले सुगठित गद्य शैलीमा लेखिएको भाषिक संरचनालाई निबन्ध भनिन्छ । साहित्यका हरेक विधाहरूझै“ निबन्ध पनि अनेक अवयव वा अङ्गहरूको मेलबाट निर्मित एउटा विशिष्ट संरचना भएकाले यसलाई निर्माण गर्ने आफ्नै विभिन्न अवयवहरू छन् । निबन्धलाई आवृmति प्रदान गर्ने वा निबन्धको निर्माण गर्ने विभिन्न अवयवहरू विषयवस्तु, परिवेश, उद्देश्य, दृष्टिबिन्दु र भाषाशैलीय विन्यास नै यसका संरचक घटक (तङ्खव, अङ्ग, अवयव, उपकरण) हुन् । निबन्ध यी विभिन्न संरचक घटकहरूबाट निर्मित एउटा गद्यप्रधान लघु संरचना हो । निबन्धमा यी सबै तङ्खव कुनै न कुनै रूपमा आए पनि यिनमा विषयवस्तु र भाषाशैलीय विन्यास प्रमुख र विशिष्ट तङ्खव हुन् भने अन्य सामान्य वा गौण तङ्खव हुन् । आयामका दृष्टिले निबन्ध छोटा, लामा र मझौला खालका हुन्छन् ।
निबन्ध वस्तुपरक, आत्मपरकलगायत विभिन्न ढङ्गले प्रस्तुत गरिए पनि हास्यव्यङ्ग्यात्मक प्रस्तुतिले यसलाई विशिष्टता र रोचकता प्रदान गर्छ । निबन्धमा हास्यको मात्र प्रयोग र व्यङ्ग्यको मात्र प्रयोग गर्न पनि सकिन्छ तर यी दुवैको सन्तुलित प्रयोगले निबन्धलाई विशिष्ट र रोचक तुल्याउ“छ । यसर्थ निबन्धलाई हास्य निबन्ध र व्यङ्ग्य निबन्ध नभनी हास्यव्यङ्ग्य निबन्ध भनिएको हो । कतिपयले हास्यव्यङ्ग्यलाई निबन्धको छुट्टै प्रकार भनेका छन् भने कतिपयले त साहित्यको छुट्टै विधा भन्नसमेत बा“की राखेका छैनन् । खासमा हास्यव्यङ्ग्य भनेको निबन्धको छुट्टै प्रकार पनि होइन र साहित्यको छुट्टै विधा पनि होइन । यो त अभिव्यक्तिको एउटा प्रकार मात्र हो । हास्यव्यङ्ग्यको प्रयोग साहित्यका सबै विधामा गर्न सकिए पनि यसको अधिक प्रयोग निबन्धमा गरिने हु“दा यसलाई निबन्धलेखनको एउटा विशिष्ट प्रकार मानिन्छ ।

साहित्यको एउटा प्रमुख विधा निबन्धको वर्गीकरण विषयवस्तु, शैली, चिन्तन वा अनुभूति, वैयक्तिकता आदि विभिन्न आधारमा गरिएको देखिन्छ । निबन्धलाई विषयवस्तुका आधारमा सामाजिक, सांस्कृतिक आदि, शैलीका आधारमा वर्णनात्मक, विवरणात्मक आदि, चिन्तन वा अनुभूतिका आधारमा विचारात्मक, भावात्मक आदि तथा वैयक्तिकताका आधारमा वैयक्तिक, वस्तुगत आदि प्रकारमा वर्गीकरण गरिएको पाइन्छ । निबन्धकारका व्यक्तित्वको अभिव्यक्ति नै निबन्ध भएकाले यही अभिव्यक्तिगत प्रधानताका आधारमा यसलाई निजात्मक (निबन्धकारको वैयक्तिक छापमा रङ्गाएर आत्मपरक ढङ्गमा लेखिएका निबन्ध) र परात्मक (निबन्धकारको वैयक्तिक छाप नभएको निबन्ध)गरी दुई मुख्य प्रकारमा वर्गीकरण गरिन्छ ।

निजात्मक निबन्धलाई भावात्मक (मानवीय भावको प्रधानता भएको निबन्ध), वैयक्तिक(विशेषतः व्यक्तित्वको प्रकटीकरण गरिएका निबन्ध) र विचारात्मक (चिन्तन, विचार वा दृष्टिकोणविशेषको प्रस्तुति भएका निबन्ध) गरी तीन भागमा तथा परात्मक निबन्धलाई वर्णनात्मक (कुनै वस्तु, घटना, प्रकृति आदिको वर्णन गरी लेखिएका निबन्ध) र विवरणात्मक (कुनै घटना, परिस्थिति आदिको सविस्तार प्रस्तुत गरिएका निबन्ध) गरी दुई भागमा विभाजन गरिन्छ । निजात्मक निबन्ध आत्मपरक र परात्मक निबन्ध वस्तुपरक हुन्छ भनिए पनि निबन्धमा पूर्णतः वस्तुपरकता वर्जित हुन्छ । कतिपय विषय वा घटनालाई पूरै वस्तुपरक ढङ्गमा प्रस्तुत गरिएमा त्यो निबन्ध नभएर प्रबन्ध वा लेख बन्न जाने हु“दा निजात्मक वा परात्मक दुवै खाले निबन्धमा कल्पनाको प्रयोग र वैयक्तिक अनुभूतिको प्रकटीकरण अवश्य हुन्छ । मात्रात्मक घटीबढीका आधारमा यिनलाई निजात्मक र परात्मक भनी विभेद गरिएको मात्र हो । निजात्मक निबन्धलाई निबन्ध वा ललित निबन्ध र परात्मक निबन्धलाई प्रबन्ध भन्ने प्रचलन पनि रहेको पाइन्छ ।

निबन्ध मुख्यतः निजात्मक र परात्मक गरी दुई प्रकारको देखिए पनि यीबाहेक निबन्धलाई तार्किक (आफ्ना मतको स्थापना र पुष्टि गर्दै लेखिएका निबन्ध), समालोचनात्मक (विषयवस्तुको आत्मपरक ढङ्गबाट गरिएको विश्लेषणात्मक प्रस्तुति), आख्यानात्मक (वास्तविक वा काल्पनिक घटनाको कालक्रमिक वर्णन गरिएको निबन्ध), जीवनी (व्यक्तिविशेषको जीवनवृत्तमा आधारित भएर लेखिएको निबन्ध), आत्मकथा (लेखकले आफ्ना बारेमा आँफैद्वारा लेखिएको निबन्ध), नियात्रा/यात्रावर्णन (ठाउँ विशेषको यात्रा विवरण प्रस्तुत गरिएको निबन्ध), संंस्मरण (व्यक्ति वा घटनाविशेषको संस्मरणात्मक प्रस्तुति गरिएका निबन्ध) आदि प्रकारमा पनि वर्गीकरण गर्न सकिन्छ । यीमध्ये जुनसुकै प्रकारमा लेखिए पनि साहित्यिक निबन्ध निबन्धकारको निजी छाप भएको आत्मपरक एवं भावमय अभिव्यक्ति हो । जुनसुकै खाले निबन्धमा प्रस्तुत विवरण, तर्क, वर्णन आदिमा कुनै न कुनै ढङ्गले निबन्धकारका कल्पना र व्यक्तित्वको उपयोग गरिएकै हुन्छ ।

समग्रमा गृहीत विषयबारे छोटोछरितो, सोद्देश्यपूर्ण र विश्वसनीय रूपमा आत्मपरक वा वस्तुपरक ढङ्गले सुगठित गद्य शैलीमा लेखिएको भाषिक संरचना मानिने निबन्धलाई विभिन्न आधारमा विभिन्न प्रकारमा वर्गीकरण गर्न सकिए पनि निबन्ध खासमा निजात्मक र परात्मक गरी दुई प्रकारको हुन्छ र यी दुई प्रकारका पनि अन्य विविध उपप्रकारहरू हुन्छन् । अलि पछि नै थालिएर पनि निकै फस्टाएको साहित्यिक गद्यविधा निबन्धले विश्वभर निकै लोकप्रियता हासिल गरिसकेको छ । विषयवस्तु, भाषाशैलीय विन्यासजस्ता संरचक घटकहरूको पारस्परिक मेलबाट निबन्धले स्पष्ट संरचनात्मक स्वरूप प्राप्त गर्छ । विषयगत विविधता र अनन्तता, छोटोछरितो आयाम, प्रायः आख्यानको अभाव, विश्वसनीयता, वैयक्तिकता, लेखक र पाठक बीच प्रत्यक्ष सम्बन्ध,हास्यव्यङ्ग्यात्मकता, गद्यमय भाषाको प्रयोग, शैलीगत विविधता आदि निबन्धका खास विशेषता हुन् ।

५. नेपाली निबन्धबारे केही कुरा
साहित्यिक विधाका रूपमा निबन्धलाई कान्छो विधा भनिए पनि नेपाली साहित्यमा निबन्धको इतिहास अन्य गद्यविधाकै हाराहारीमा थालिएर दु्रत गतिमा विकास र विस्तार भएको देखिन्छ । नेपालीमा सुरुतिरै लेखिएका विभिन्न आख्यानेतर गद्यमा समेत निबन्धका कतिपय लक्षणहरू भेटिने हुँदा नेपाली निबन्धको इतिहास केलाउ“दा गद्यमा लेखिएका आख्यानात्मक, आख्यानेतर र प्रबन्धात्मक कृतिकै सापेक्षतामा हेर्नुपर्ने हुन्छ । पृथ्वीनारायण शाहको दिव्योपदेश (१८३१ तिर) बाट थालिएको मानिने नेपाली निबन्धको प्राथमिक काल (सुरुदेखि १९५७ सम्म) र माध्यमिक काल (१९५८ देखि १९९१ सम्म) मा निबन्धको खासै विकास नभएको र त्यसले निबन्धलेखनको पृष्ठभूमि मात्र निर्माण गरेको देखिन्छ भने आधुनिक काल (१९९१ देखि यता) निबन्धलेखनका दृष्टिले निकै उर्वर रहेको देखिन्छ ।

लगभग कविताकै इतिहासको हाराहारीमा सुरु भई अहिले निकै विकास र विस्तार भएको नेपाली निबन्धले निकै लामो इतिहास पार गरिसकेको छ । नेपाली निबन्धको विकासमा नेपाल र भारतका विभिन्न ठाउ“बाट प्रकाशित विभिन्न पत्रपत्रिकाले पनि महङ्खवपूर्ण भूमिका खेलेको देखिन्छ । पछिल्लो समयमा विद्युतीय पत्रिकाका माध्यमबाट पनि प्रशस्तै निबन्ध छापिएका देखिन्छन् । यसरी हेर्दा आधुनिकनेपाली निबन्धको विकास निकै तीव्र रूपमा अगि बढिरहेको देखिन्छ र यस अवधिमा निजात्मक र परात्मक दुवै ढा“चाका निबन्धको लेखन प्रशस्तै भएको पाइन्छ ।
आधुनिक नेपाली निबन्धमा वस्तुपरक (वस्तुपरक वर्णन, विवरणमा आधारित वर्णनात्मकता, विवरणात्मकता र विश्लेषणात्मकता प्रवृत्तियुक्त), आत्मपरक (आत्मपरक अभिव्यक्ति गरिएका निजात्मकता र वैयक्तिकताजस्ता प्रवृत्तियुक्त), हास्यव्यङ्ग्यात्मक (विषयवस्तुलाई हास्यव्यङ्ग्यात्मक पाराले प्रस्तुत गरिएका हास्य र व्यङ्ग्यात्मक प्रवृत्तियुक्त), संस्मरणात्मक (व्यक्तिविशेष वा स्थानविशेषको संस्मरणात्मक अभिव्यक्ति गरिएका निजात्मकता वा परात्मकता प्रवृत्तियुक्त), प्रगतिवादी (विषयवस्तुलाई माक्र्सवादी चिन्तनका आधारमा प्रस्तुत गरिएका समाजवादी यथार्थवादी प्रवृत्तियुक्त) तथा प्रयोगवादी (कथ्य र शिल्पगत नवीन प्रयोग गरी लेखिएका विषय, शिल्प र संरचनागत नवीन प्रवृत्तियुक्त) धारा र प्रवृत्तिका निबन्धहरू लेखिएका छन् ।

६. गोपी मैनालीका निबन्धबारे केही कुरा
गोपी मैनालीको घाउ आफैँलाई दुख्छ नामक प्रस्तुत निबन्धसङ्ग्रहमा ३० वटा निबन्ध सङ्कलित छन् । यसमा सङ्कलित निबन्धहरु आयामका दृष्टिले कुनै निकै छोटा, कुनै लामा र धेरजसो मझौला खालका छन् । यस निबन्धसङ्ग्रहका निबन्धहरुमा विषयवस्तुगत विविधता पाइन्छ । यस सङ्ग्रहमा सङ्कलित निबन्धहरुमा प्रयुक्त विषयवस्तु वा मूलभावलाई निबन्ध विन्यासक्रमका आधारमा तल प्रस्तुत गरिन्छ:

निबन्धकार गोपी मैनालीको यस निबन्धसङ्ग्रहमा सङ्कलित निबन्धहरुमा उल्लिखित विविध विषयवस्तुलाई अत्यन्त कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ । यसमा सङ्कलित कतिपय रचनाले बौद्धिक पाठक र अनेक पठनको अपेक्षा गर्छन् ।विभिन्न निबन्धमा दिइएका विभिन्न व्यक्ति र विषयप्रसङ्ग बुझ्नाका लागि गुगलको सहायता लिनुपर्ने अवस्था पनि देखिन्छ ।

यस निबन्धसङ्ग्रहमा आत्मपरक, वस्तुपरक र संस्मरणात्मक गरी तीन खालका निबन्ध देखिए पनि वस्तुपरक र संस्मरणात्मक निबन्धमा पनि आत्मपरकताको बहुलता रहेकाले समग्रमा यसलाई आत्मपरक निबन्धको सँगालो मान्नुपर्छ । एउटै निबन्धमा पनि कतै आत्मपरकता, कतै वस्तुपरकता र कतै दुवैको सम्मीलन पाइनु यस सङ्ग्रहका निबन्धको छुट्टै पहिचान हो ।

निबन्धकार गोपी मैनालीको यस निबन्धसङ्ग्रहमा सङ्गृहीत अधिकांश निबन्धमा काल्पनिकताको प्रबलता पाइन्छ भने कतिपय निबन्धमा स्वैरकाल्पनिकता र सूक्ष्म व्यङ्ग्य पनि पाइन्छ । गृहीत विषयको दार्शनिक व्याख्या, स्वैरकाल्पनिक प्रस्तुति, बेजोड कल्पना र बौद्धिकताको सम्मीलनका साथ त्रिकालिक परिवेशको चित्रण पाइने यिनका निबन्धको मुख्य उद्देश्य वर्तमान युगीन जनजीवनका विविध यथार्थको प्रकटीकरण रहेको छ । कतिपय निबन्धमा प्रथम पुरुष, कतिपय निबन्धमा तृतीय पुरुष र कतिपय निबन्धमा दुवै पुरुष दृष्टिबिन्दुको प्रयोग पाइने यिनका निबन्धमा विचारको प्रबलता पाइए पनि त्यो विचार कुनै राजनीतिक वादविशेषमा भने केन्द्रित छैन । यिनका निबन्धमा युगीन राजनीतिक, सामाजिक, प्रशासनिक आदि विभिन्न क्षेत्रका विकृति र विसङ्गतिका साथै निजामती प्रशासनमा हुने गरेको राजनीतिक हस्तक्षेपप्रति आलोचना गरिएको छ भने यिनै क्षेत्रका सत्कार्यको प्रशंसा गरिएको छ । यिनले आना विभिन्न निबन्धमा स्वदेश र विदेशका विविध क्षेत्रका विभिन्न व्यक्तिहरुका सत्कर्मको मुक्तकण्ठले प्रशंसा गरेका छन् । स्वैरकल्पनाको सुन्दर प्रयोग पाइने यिनका कतिपय निबन्धमा राष्ट्रवादी भावना सल्बलाएको भेटिन्छ ।

छोटा, मझौला वा लामा जस्तासुकै आयामका भए पनि छोटाछरिता वाक्य र प्रवाहपूर्ण भाषिक विन्यासका कारण गोपी मैनालीको यस सङ्ग्रहमा सङ्गृहीत सबै निबन्ध सहज पठनीय छन् । गृहीत विषयलाई कलात्मक ढङ्गले तन्काउने खुबी निबन्धकार मैनालीमा पाइन्छ । कतिपय निबन्ध त पढ्दापढ्दै झ्वाट्ट सकिँदा यति छिटै नसकिएको भए हुन्थ्यो भनी मन खिन्न हुने अवस्था पनि छ । तत्समबहुल शब्दविन्यासका साथै विभिन्न ठाउँमा अङ्ग्रेजी शब्द र ठेट नेपाली शब्दको सान्दर्भिक र उपयुक्त प्रयोग पाइने यस सङ्ग्रहका कतिपय निबन्धमा नवनिर्मित शब्दको प्रयोग पनि पाइन्छ । विभिन्न क्षेत्रका प्राविधिक एवं पारिभाषिक शब्दविन्यास पाइने यस निबन्धसङ्ग्रहका निबन्धको पठनका लागि कतिपय सामान्य पाठकले गुगलको सहायता लिनुपर्ने वा शब्दकोश पल्टाउनुपर्ने अवस्था पनि देखिन्छ । कतिपय ठाउँमा सूक्तिमय भाषिकविन्यास पाइने यस सङ्ग्रहमा सङ्कलित अनेकौँ निबन्धमा प्रयुक्त पदावली, वाक्य र अनुच्छेदसमेत सप्रसङ्ग ढङ्गबाट व्याख्येय छन् । यो यस निबन्धसङ्ग्रहका निबन्धको खास विशेषता हो ।

भाषामा राम्ररी खेल्नसक्ने खुबी भएका निबन्धकार मैनालीको सङ्ग्रहमा सङ्कलित निबन्धमा गृहीत विषयलाई वर्णनात्मक, विवरणत्मक एवं संवादात्मक शैलीमा अभिव्यक्ति गरिएको पाइन्छ । यस सङ्ग्रहमा सङ्कलित सबैजसो निबन्धका शीर्षक छोटा, छरिता, स्पष्ट, सार्थक र सामञ्जस्यमूलक छन् भने यसको मूल शीर्षक घाउ आफैँलाई दुख्छ पनि सबैजसो निबन्धको मूलभाव समेट्ने खालको सार्थक, सामञ्जस्यमूलक र औचित्यपूर्ण छ ।

७. उपसंहार
गृहीत विषयको दार्शनिक व्याख्या र कलात्मक अभिव्यक्ति, अनुभूतिको तीव्रता, काल्पनिकताको प्रबलता, स्वैरकाल्पनिक प्रस्तुति, बेजोड कल्पना र बौद्धिकताको सम्मीलन, राष्ट्रवादी भावना, स्वैरकल्पनात्मक भावाभिव्यक्ति, छोटाछरिता वाक्यको प्रयोग, प्रवाहपूर्ण भाषिकविन्यास आदि निबन्धकार गोपी मैनालीको घाउ आफैँलाई दुख्छ शीर्षकको प्रस्तुत निबन्धसङ्ग्रहमा सङ्गृहीत निबन्धका खास वैशिष्ट्य हुन् । यी सबै सन्दर्भबाट हेर्दा यिनको प्रस्तुत निबन्धसङ्ग्रहको निबन्धकला विशिष्ट रहेको छ र पछिल्लो समयमा यतिका कलापूर्ण निबन्ध उति लेखिएका छैनन् । अतः यस निबन्धसङ्ग्रहका माध्यमबाट यिनले आफूलाई आधुनिक नेपाली निबन्धको उत्तरवर्ती चरणका उत्कृष्ट आत्मपरक निबन्धकारका रुपमा उभ्याएका छन् ।