अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२५ | Colorodo: 14:40

दलीय गठबन्धनलाई तोडेर अघि बढ्न मतदातालाई जनता प्रगतिशील पार्टीको आह्वान

बिआरटीनेपाल २०७८ चैत १९ गते ७:३४ मा प्रकाशित

हृदयश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, नेपालले स्थानीय तह निर्वाचनमा दलीय गठबन्धनलाई तोडेर अघि बढ्न मतदातालाई आह्वान गरेको छ । सत्तारुढ दलहरूले गठबन्धन गरेर स्थानीय तह निर्वाचन लड्ने तयारी गरिरहेका बेला जनता प्रगतिशील पार्टीले यस्तो आह्वान गरेको हो ।

शनिबारबाट काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रिय कमिटी बैठकमा सहभागी हुनुभएका नेता डा. शिवजी यादवले दलहरूलाई रोजेर जनताले मत दिने अधिकारलाई कटौति गर्ने भएकाले पनि आफ्नो पार्टीले गठबन्धन तोडेर निर्वाचनमा जानुपर्ने अडान लिएको स्पष्ट पार्नुभयो ।

त्यस अवसरमा उहाँले आफ्नो पार्टीले आम जनता र खासगरी किसानको माग सम्बोधन गर्न लागि परेको भन्दै मतदान गर्न पनि सबै मतदातालाई आग्रह गर्नुभयो । जनता प्रगतिशील पार्टी, नेपालले स्थानीय तहको निर्वाचनमा जाँदा स्थानीय तहमा भएको भ्रष्टाचारको भण्डाफोर गरेर जाने पनि जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू