अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५४ | Colorodo: 14:09

माओवादी केन्द्रको उम्मेदवार सिफारिसको मापदण्ड तय

बिआरटीनेपाल २०७८ चैत १८ गते ७:४३ मा प्रकाशित

नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार सिफारिसको मापदण्ड तय गरेको छ । सिफारिसका लागि ६ बुँदे मापदण्ड बनाएको माओवादीले पहिलेका प्रतिनिधिलाई सकभर नदोहोर्‍याउने भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जारी गरेको सर्कुलरमा ‘विशेष परिस्थितिमा बाहेक सामान्यतया विगतका प्रतिनिधिलाई नदोहोर्‍याउने उल्लेख छ । देश, जनता, पार्टी र क्रान्तिप्रति निष्ठावान रहेको हुनुपर्ने, स्वच्छ छवि भएको हुनुपर्ने, विजयको सम्भावना भएको लोकप्रिय व्यक्ति छनाटमा ध्यान माओवादीको मापदण्डमा उल्लेख छ ।

त्यसैगरी, पार्टी अनुशसानप्रति निष्ठावान हुनुपर्ने र समानुपातिक समावेशी प्रतिनिधित्वका आधारलाई विशेष ध्यान दिनुपर्ने विषयलाई पनि मापदण्डमा ध्यान दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू