अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४१ | Colorodo: 18:56

दुबईको जेलमा रहेको पत्रकार पाण्डेको रिहाइको माग गर्दै प्रदर्शन

बिआरटीनेपाल २०७८ चैत १८ गते ७:२७ मा प्रकाशित

दुबईको जेलमा रहेका पत्रकार उमाकान्त पाण्डेको रिहाइको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन भएको छ । दुबईमा रहेको नेपाली दुताबासलाई लक्षित गरेर सामाजिक सञ्जाल फेसबुकमा लेखेको कारण देखाइ दुबईको अदालतले पत्रकार पाण्डेलाई २० हजार दिराम जरिवाना र सम्पत्ति जफतसहित देश निकाला गर्ने कारबाही सुनाएको थियो ।

जेलमा रहनुभएका पत्रकार पाण्डेको रिहाइको माग गर्दै युथ कांग्रेस नेपालले शुक्रबार माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । उहाँलाई जेल पुर्‍याउनका लागि युएई स्थित नेपाली दुतावासनै लागि परेको आफन्तहरूको आरोप छ । युथ कांग्रेसले घटनामा संलग्न सबैलाई तत्काल कानूनी दायरामा ल्याउन माग गरेको छ । पत्रकार पाण्डे निर्दोष रहेको र उहाँको विना शर्त रिहाई गर्न सरकारले ध्यान दिनुपर्ने प्रदर्शनमा सहभागी पिताम्बर भुसालले बताउनुभयो ।

प्रदर्शनमा ‘वाक स्वतन्त्रता हनन्ः लोकतन्त्रको उपहास’, ‘पराई भुमिमाः आफ्नैबाट नागरिक असुरक्षित’, ‘परराष्ट्रको मौनताः राजदूतलाई हौसला’ लेखिएको प्लेकार्ड पनि प्रदर्शन गरिएको थियो ।\

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू