अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५६ | Colorodo: 01:11

जुस खाँदा जुम्लाका २५ विद्यार्थी बिरामी परे

बिआरटीनेपाल २०७८ चैत १७ गते ८:२३ मा प्रकाशित

म्याद गुज्रेको जुस खाँदा जुम्ला गुठिचौर गाउँपालिकाको एक निजी विद्यालयमा अध्ययनरत विद्यार्थी बिरामी परेका छन् । गुठीचौर–५ देपालगाउँस्थित हिमाली बोडिङ स्कुलका २५ जना विद्यार्थी बिरामी भएका हुन् । म्याद नाघेको ट्याङ जुस जाँदा विद्यार्थीहरू बिरामी पर्न थालेको स्कुलका प्रिन्सिपल मन्जील गिरीले बताउनुभयो ।

व्यापारीले म्याद नाघेका बस्तु विक्री गरेका कारण विद्यार्थी बिरामी भएको उहाँको भनाइ छ । विद्यार्थी बिरामी पर्नुले म्याद गुज्रेको जुससँगै पानीमा पनि केही समस्या हो कि भन्ने आशङ्का भएपछि पानी परीक्षण गर्न भनिएको प्रिन्सिपल गिरीले जानकारी दिनुभयो । विद्यालय आउँदो आइतबारसम्मका लागि बन्द गरिएको छ ।

अभिभावकसँग छलफलपछि मात्रै विद्यालय खोल्ने तयारी छ । जुम्लाकै कर्णाली बोर्डिङ स्कुलका प्रिन्सिपल रतन बहादुर शाहीले पनि आफ्नो विद्यालयमा विगत एक सातादेखि दैनिक २÷३ जना विद्यार्थीहरूमा पेट दुख्ने, टाउको दुख्ने समस्या आएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू