अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३४ | Colorodo: 14:49

एमसीसी यथास्थितिमा पास भए नेपाल संकटमा पर्छ : अध्यक्ष नेपाल

बिआरटीनेपाल २०७८ फागुन १४ गते ७:३४ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले यथनस्थितिमा एमसीसी पास हुन नहुने बताउनुभएको छ ।अध्यक्ष नेपालले एमसीसी सम्झैतामा लेखिएका बुँदा अनुसार जस्ताको त्यस्तै पास भए नेपाल संकट पर्ने भएकाले यथास्थितिमा पास हुन नहुने बताउनुभएकाे हाे ।

नेपाल स्वतन्त्र राष्ट्र भएकाले आगामी दिनमा पनि स्वतन्त्र नै हुनु पर्ने अध्यक्ष नेपालको भनाइ छ ।नेपालको वैदिक सम्पत्ति नेपालको नै अधिकार हुनुपर्ने अध्यक्ष नेपालको भनाइ छ । एमसीसी पास गराउन सम्झाैतामा भएका बुँदा सम्साेधन हुनुपर्ने उहाँले बताउनुभयाे । एमसीसीमा हिसाब कितावको लेखा परीक्षणदेखि रोजगारी पाउन नेपालको पूर्ण अधिकार हुनु पर्ने अध्यक्ष नेपालकाे भनाइ छ ।

कुनै पनि विदेशीले सहयोगको नाममा नेपाललाई अतिक्रमण गर्न खोजेको देखिएकाे र यस्ता किसिमका गतिविधिहरु  कुनै पनि हालमा गर्न नहुने भन्दै नेपालले सहयोग हो भने सो सहयोग मात्र हुनु पर्ने प्रष्ट पार्नुभयाे । र्कीतिपुरमा आयोजित वृहत पार्टी सदस्य भेला कार्यक्रममा अध्यक्ष नेपालले मुलुकलाई समाजवादतर्फ लैजान पार्टीले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयाे ।

त्यस्तै, पार्टीका उपमहासचिव डा. विजयकुमार पौडेलले एमसीसी राष्ट्रको हितमा नभएको बताउदै एमसीसीलाइ सत्ताको भागबन्डाको विषय नबनाउन अनुरोध गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू