अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३८ | Colorodo: 15:53

एमसीसी पास गर्ने अवस्थामा एमाले छैन : अध्यक्ष ओली

बिआरटीनेपाल २०७८ फागुन १४ गते ७:२९ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसिसी पास गर्ने अवस्थामा आफ्नो पार्टी नरहेको बताउनुभएको छ । प्रगतिशील पेशागत कानुन व्यवसायी सङ्गठनको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले संसदीय प्रक्रियामा नै नरहेकाले एमसिसी पास गर्ने अवस्थामा नरहेको बताउनुभयो ।  देश र जनताको हितभन्दा बाहिर आफ्नो पार्टी नजाने समेत उहाँ प्रष्ट पार्नुभयो ।

अध्यक्ष ओलीले एमालेले राष्ट्रिय र जनताको हित तथा अन्तर्राष्ट्रिय सम्बन्ध हेरेर जे गर्दा राष्ट्रका लागि उचित हुन्छ, त्यही मात्र गर्ने बताउनुभयो । उहाँले सर्वोच्च अदालत अन्तिम फैसला गर्ने निकाय भएको तर त्यसले व्याख्या गर्ने नाममा संविधानबमोजिम नगरेको दाबी गर्नुभयो ।

अध्यक्ष ओलीले सर्वोच्च अदालतले स्वेच्छाचारी निर्णय गर्दै जाँदा न्यायपालिकामा विकृति आउने समेत बताउनुभयो । नेपालको न्याय क्षेत्र स्वच्छ, पवित्र र निष्पक्ष ढङ्गले संविधानबमोजिम हुनुपर्ने मान्यता एमालेको रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू