अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१५ | Colorodo: 23:30

संयुक्त राष्ट्रसङ्घ महासभामा परराष्ट्रमन्त्री– ‘महामारी रोकथामका लागि विश्वव्यापी खोप नै भरपर्दो माध्यम’

बिआरटीनेपाल २०७८ फागुन १४ गते ६:४१ मा प्रकाशित

परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले कोभिड महामारीलाई साझा विश्वव्यापी समस्याका रूपमा स्वीकार गर्दै खोपमा सबैको पहुँच पुर्याउनअन्तर्राष्ट्रिय समुदायसमक्ष आह्वान गर्नुभएको छ । निष्पक्ष रुपमा खोपको प्राप्तिलाई प्रवद्र्धन गर्नेतर्फ सबैको ध्यान केन्द्रित गर्नुपर्नेमा परराष्ट्रमन्त्री खडकाले जोड दिनुभयो ।

कोभिड–१९ महामारीका कारण गरिब देशहरू ठूला आर्थिक चुनौतीबाट पिरोलिएका यथार्थ प्रस्तुत गर्दै मन्त्री खड्काले ती देशहरूलाई उनीहरूको अर्थतन्त्रलाई पुनरुत्थान गर्न लचिलो र जन–केन्द्रित पुनरुत्थान योजना र स्रोतको परिचालन अत्यावश्यक भएको बताउनुभयो ।

नेपालमा खोपमा भएको प्रगतिबारे जानकारी दिँदै उहाँले आगामी चैत मसान्तसम्म १२ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाइसक्ने लक्ष्य निर्धारण गरिएको बताउनुभयो ।

संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभाको प्राथमिकताका विषयमा महासभाका अध्यक्षले बहस आयोजना गर्नुभएको हो । कार्यक्रममा १ सय २० भन्दा बढी देशका नेताले भाग लिनुभएकोे थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू