अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०८ | Colorodo: 18:23

पछिल्लो २४ घण्टामा नेपालमा एक सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

बिआरटीनेपाल २०७८ फागुन १४ गते ६:३४ मा प्रकाशित

पछिल्लो २४ घण्टामा एक सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर, एन्टिजेन र आरडीटी गरी पाँच हजार एक सय ५२ जनाको परीक्षण गरिएकोमा एक सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा पाँच सय ४० जना संक्रमित निको भएका छन् । २४ घण्टामा दुई जनाको ज्यान गएसँगै अहिलेसम्म कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार नौ सय ३४ जना पुगेको छ । अब नेपालमा आठ हजार आठ सय ३९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा एक लाख २९ हजार एक सय १९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । यो सहित नेपालमा अहिलेसम्म तीन करोड ६७ लाख ४३ हजार दुई सय ४२ मात्रा खोपको प्रयोग भएको छ । जसमध्ये एक करोड ८४ लाख ६९ हजार चार सय ४५ जनाले पहिलो मात्रा, एक करोड ७३ लाख ८२ हजार एकसय ३८ जनाले दुवै मात्रा र १० लाख ९१ हजार ६ सय ५९ जनाले अतिरिक्त मात्रा खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू