अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५८ | Colorodo: 15:13

नेपालमा थपिए २ सय ७५ जना कोरोना सङ्क्रमित, ५ सय ५५ जना निको

बिआरटीनेपाल २०७८ फागुन १३ गते ६:५५ मा प्रकाशित

पछिल्लो २४ घण्टामा नेपालमा दुई सय ७५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी आठ हजार ६ सय २८ जनाको नमुना परीक्षण गर्दा दुई सय ७५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप पाँच सय ५५ जना निको भएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ५५ हजार चार सय ५८ जना पुगेको छ ।यही अवधिमा एक जना सङ्क्रमितको ज्यान गएको र योसहित कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नौ सय ३२ जना पुगेको छ ।

अहिले नेपालमा नौ हजार दुई सय ८० जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ । यसैबीच पछिल्लो २४ घण्टामा एक लाख २२ हजार चार सय ९३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू