अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१५ | Colorodo: 14:30

नेकपा एमालेले आयोगमा गरायो दल दर्ता

बिआरटीनेपाल २०७८ फागुन १३ गते ६:५४ मा प्रकाशित

नेकपा एमालेले स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ । आज निर्वाचन आयोगको कार्यालय पुगेर एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन निवेदन दिएको हो । निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार निर्वाचन आयोगमा पुगेर स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिएको एमाले महासचिव पोखरेलले जानकारी दिनुभयो ।

आफ्नो पार्टी निर्वाचनको तयारीमा जुटिसकेको उल्लेख गर्दै पोखरेलले अन्य राजनीतिक दलहरूलाई पनि निर्वाचनको प्रक्रियामा सामेल हुन आह्वान गर्नुभयो । निर्वाचन आयोगमा स्थानीय तह निर्वाचन प्रयोजनका लागि ४० वटा दलले दर्ताका लागि निवेदन दिएका छन् । यही फागुन १५ गते भित्र आयोगमा दर्ता भएको दलहरूले स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सक्ने कानुनी व्यवस्था रहेको छ । निर्वाचन आयोगमा १०९ वटा दल दर्ता रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू