अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२४ | Colorodo: 17:39

एमसीसीलाई अस्वीकार गर्दा नेपालको अर्थतन्त्रमा संकट आउन सक्छ- सुरेन्द्र पाण्डे

बिआरटीनेपाल २०७८ फागुन १३ गते ६:५३ मा प्रकाशित

नेकपा एमालेका उपाध्यक्ष एवम पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले एमसीसीलाई अस्वीकार गर्दा नेपालको अर्थतन्त्रमा संकट आउनसक्ने बताउनुभएको छ ।शुक्रबार त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागले गरेको अन्तरक्रियामा उहाँले एमसीसी सम्झौतालाई नेपालले अस्वीकार गरेको अवस्थामा आर्थिक रुपमा जोखिम र संकट पैदा हुन सक्ने पाण्डेले बताउनुभयो ।

अमेरिकाको सहयोग अस्वीकार गर्दा अन्य शक्ति राष्ट्रले पनि नेपाललाई आर्थिक सहयोग गर्न हिच्किचाउने उहाँले बताउनुभयो । नेपालमा धेरै रेमिट्यान्स भित्रिने मुलुकहरुसँग अमेरिकाको निकट सम्बन्ध रहेको भन्दै उहाँले ती मुलुकहरुसँग अमेरिकाले नेपालबारे असहमति राखेको खण्डमा संकटमा फस्न सक्ने तर्क गर्नुभयो । उपाध्यक्ष पाण्डेले देशको अन्तर्राष्ट्रिय सम्बन्ध र अर्थतन्त्रको सम्बन्धमा हेलचेक्र्याइँ गर्न नहुने बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू