अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५५ | Colorodo: 03:10

रुस र युक्रेनमा भएको युद्ध रोक्न माग गर्दै नेपालस्थित रुसी दुतावास अगाडि प्रदर्शन

बिआरटीनेपाल २०७८ फागुन ११ गते ७:११ मा प्रकाशित

रुस र युक्रेनबीच भइरहेको तनाव रोक्न माग गर्दै मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन गरेको छ ।समाजले रुसलाई तत्काल युद्ध रोक्न र शान्ति प्रवद्र्धन गर्न नेपालस्थित रुसी दुतावास अगाडि प्रदर्शन गरेको हो ।प्रदर्शनमा सहभागी मानव अधिकारकर्मीहरुले युक्रेनमाथि अतिक्रमण बन्द गर्न माग गरेका थिए । प्रदर्शनपछि समाजको तर्फबाट रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई लेखिएको पत्र राजदूतावासका अधिकारीहरुलाई बुझाइएको थियो ।

पछिल्लो समयमा युक्रेनमा रुसले आक्रमण गर्नसक्ने भन्दै त्यसको विश्वव्यापी बिरोध भइरहेको छ । अमेरिका, बेलायतलगायतका पश्चिमा देशहरुले रुसले युक्रेनमा हमला गर्न लागेको भन्दै त्यहाँबाट आफ्ना नागरिक फिर्ता बोलाएका छन् । विद्रोहीको नियन्त्रणमा रहेको युक्रेनका दुई क्षेत्रलाई रुसले स्वतन्त्र भएको मान्यता दिएपछि अमेरिकासहितका पश्चिमा देशहरुले रुसको भूमिकाप्रति आपत्ति जनाउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू