अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३१ | Colorodo: 02:46

एमसीसीको पक्षमा मतदान गर्ने लोसपाको निर्णय

बिआरटीनेपाल २०७८ फागुन ११ गते ७:०८ मा प्रकाशित

१३ सांसद भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।बरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार दिउँसो बसेको संसदीय दलको बैठकले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको सांसद चन्दा चौधरीले जानकारी दिनुभयो ।

विकासका लागि ल्याइएको परियोजना भएकाले र पहिल्यैदेखि सरकारमा संलग्न पनि रहेकाले समर्थन गर्ने निर्णय भएको उहाँको भनाइ छ । सरकारले आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गरेको छ भने बिहीबारको बैठकमा सामान्य छलफल गरिने सम्भावित कार्यसूची छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू