अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१२ | Colorodo: 07:27

एमसीसी सम्झौताको विरोधमा काठमाण्डौंमा रचनात्मक प्रदर्शन

बिआरटीनेपाल २०७८ फागुन ११ गते ७:०२ मा प्रकाशित

संसदमा टेबुल भएको एमसीसी सम्झौताको विरोधमा राजधानीमा सिर्जनात्मक प्रदर्शन भएको छ । संसदमा एमसीसी टेबल हुने दिन युद्ध मैदानमा रुपान्तरण भएको माइतीघर मण्डलामा बुधवार युवा संघ नेपाल, अखिल जनसांस्कृतिक महासंघ, अखिल नेपाल जनसांस्कृतिक महासंघ, रक्तिम सांस्कृतिक अभियान, अखिल नेपाल सांस्कृतिक युनियन र अखिल नेपाल जनसांस्कृतिक संघले संयुक्त रुपमा सिर्जनात्मक विरोध कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा जनवादी गायक जीवनशर्मा सहितका कलाकार/साहित्यकारहरुले आआफ्ना सिर्जना प्रस्तुत गरेका थिए । उनीहरुले गीत,नृत्य र रचना वाचन मार्फत एमसीसीको विरोध गरेका थिए ।

 

प्रतिक्रिया