अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०७ | Colorodo: 02:22

देशभर थप २ जनाको कोरोनाका कारण मृत्यु, ३ सय १२ नयाँ सङ्क्रमित थपिए

बिआरटीनेपाल २०७८ फागुन ११ गते ७:०१ मा प्रकाशित

देशभर थप २ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप २ जनाको कोरोनाका कारण मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ९ सय ३० पुगेको छ । यस्तै गत २४ घन्टामा देशभर थप ३ सय १२ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ८ हजार ६ सय ९३ कोरोना परीक्षण गरिएको छ । जसमा ५ हजार १ सय ३ आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा २ सय ५६ जना र ३ हजार ५ सय ९० एन्टिजेन विधिबाट परीक्षण गर्दा ५६ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट ९ लाख ७६ हजार ३ सय ६१ र एन्टिजेन विधिबाट १ लाख ३८ हजार ९ सय ७१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप ९ सय ११ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमण पछि निको हुनेको सङ्ख्या ९ लाख ५४ हजार ३ सय ४१ पुगेको छ । हाल देशभर १० हजार ९० सक्रिय सङ्क्रमित रहेका छन् भने गत २४ घन्टामा १ लाख ३५ हजार ७ सय ९० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू