अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१७ | Colorodo: 05:32

“गठबन्धन टुटाउने र सरकार गिराउने षड्यन्त्र भइरहेको छ”- प्रचण्ड

बिआरटीनेपाल २०७८ फागुन ११ गते ६:५९ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताउनुभएको छ । आज बुधवार नेकपा (माओवादी केन्द्र) को वाग्मती प्रदेश समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गरी फर्किने क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले गठबन्धन टुटाउने र सरकार गिराउने षड्यन्त्र भइरहेको बताउनुभएको हो ।

राजनीतिक परिवर्तनहरूलाई कमजोर पार्ने खतरा बढिरहेको उहाँले बताउनुभयो । अध्यक्ष प्रचण्डले परिवर्तनलाई कमजोर पार्ने खतरा भए पनि प्रतिक्रान्ति नै हुने भइसक्यो भन्ने चाहिँ सत्य नभएको स्पष्ट पार्नुभयो । उहाँले आज बिहान गृह मन्त्री बालकृष्ण खाणसँग खुमलटारमा भेटवार्ता भए पनि प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट नभएको स्पष्ट पार्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू