अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३५ | Colorodo: 02:50

कल सेन्टर सञ्चालन गरी ठगी गर्ने चिनियाँ नागरिकसहित ८१ जना भक्तपुरबाट पक्राउ

बिआरटीनेपाल २०७८ फागुन १० गते ७:१६ मा प्रकाशित

महानगरीय प्रहरी परिसर भक्तपुरले सानोठिमी क्षेत्रबाट एक चिनियाँ नागरिकसहित ८१ जनालाई पक्राउ गरेको छ।उनीहरुले घर भाडामा लिएर कल सेन्टर सञ्चालन गरी ठगी गर्ने गरेको प्रहरीले जनाएको छ ।

भारतमा रहेका व्यक्तिलाई लक्षित गरी उनीहरुले ठगी गरेको प्रहरीको भनाइ छ । ‘उनीहरुले सुरुमा छोटो समयको लागि ऋण दिने र त्यसपछि धम्क्याएर त्यसको व्याजसहित रकम असुल उपर गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

यस्तो कारोबार गर्नको लागि उनीहरुले सामाजिक सञ्जालको प्रयोग गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका ८१ जनामाथि थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ। यसअघि मध्य वानेश्वर क्षेत्रबाट प्रहरीले चिनियाँसहित ३७ जनालाई पक्राउ गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू