अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४६ | Colorodo: 07:01

नेपालमा पछिल्लो २४ घण्टामा ८ लाख ७३ हजार ४ सय ३८ जनाले कोरोना विरुद्धको खोप लगाए

बिआरटीनेपाल २०७८ फागुन ९ गते ६:४७ मा प्रकाशित

पछिल्लो २४ घण्टामा ८ लाख ७३ हजार ४ सय ३८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार खोप अभियान सुरु भएदेखि अहिलेसम्म कुल ३ करोड ७७ लाख ५५ हजार ४ सय २७ मात्रा खोप लगाइएको छ । हालसम्म ८८ प्रतिशतले एक मात्रा र ६५ प्रतिशत नागरिकले पुर्ण मात्रा खोप लगाइसकेका छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा ३ सय बढिलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । ५ हजार २ सय २५ जनाको आरटि पिसिआर र २ हजार ९ सय १५ को एण्टीजेन गरि कुल ८ हजार १ सय ४० जनाको नमुना परिक्षण गरिएकामा ३ सय ८८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

त्यसैगरि सो अवधिमा १ हजार २ सय ५ जना निको भएका छन् भने ४ जनाको मृत्यु भएको छ । नेपालमा हाल ११ हजार २ सय ८२ सक्रिय सङ्क्रमित रहेका छन् । कुल सङ्क्रमितमध्ये हालसम्म ९ लाख ५२ हजार ५९९ जना निको भएका छन् ।

प्रतिक्रिया