अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१२ | Colorodo: 05:27

एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने

बिआरटीनेपाल २०७८ फागुन ९ गते ६:४६ मा प्रकाशित

सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले एमसीसीको विपक्षमा रहने निर्णय गरेको छ । आज सोमवार काठमाण्डौमा बसेको पार्टीको सचिवालयको बैठकले संसदमा टेबल भएको अमेरिकी सहयोग एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले संसदमा पास भएको एमसीसीको विपक्षमा पार्टीले मतदान गर्ने र विपक्षमा मतदान गर्न अन्य पार्टीहरूलाई पनि वातावरण सिर्जना गर्ने निर्णय भएको बताउनुभयो । उहाँले सरकारमा बस्ने वा नबस्ने भन्ने कुरा समयले निर्धारण गर्ने पनि बताउनुभयो । प्रवक्ता खतिवडाले सरकारमा जानु पार्टीको राष्ट्रिय आवश्यकता भएको पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू