अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२९ | Colorodo: 05:44

एमसीसीबारे थप बहस जारी, दलहरू आधिकारिक धारणा बनाउदै

बिआरटीनेपाल २०७८ फागुन ९ गते ६:४५ मा प्रकाशित

सरकारले अमेरिकि सहयोग सम्बन्धि परियोजना एमसीसी संसदमा पेश गरेपछि यसको बारेमा थप बहस भएको छ । राजनितिक दलहरू अब यसलाइ कसरी अगाडी बढाउने भन्ने बारेमा छलफलमा केन्द्रीत रहेका छन् । सत्तारुढ दलभित्र यसमा सकेसम्म सहमति गर्नकोे लागि अन्तिम कसरत भइरहेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि यस बारेमा आधिकारिक धारणा बनाउन छलफल तथा परामर्समा रहनुभएको छ । एमसीसी संसदमा पेश गर्नु सहि वा गलत भन्दै नागरिक स्तरबाट पनि बहस भइरहेको छ । सत्तारुढ दल काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले एमसीसीबाट सरकार पछि नहट्ने बताउनुभएको छ ।

आज काठमाडौंमा आयोजित पत्रकार सम्मलेनमा प्रवक्ता महतले एमसीसी अनुदान सहयोग भएको उल्लेख गर्दै पछि यसबाट पछि हट्नुपर्ने कुनै पनि कारण नरहेको दाबी गर्नुभयो । गठबन्धनका दलहरूमा एमसीसीबारे फरक मत रहे पनि सहमतिमै प्रतिनिधिसभामा टेबल भएको उहाँको भनाइ छ ।

एमसीसी स्वीकार गर्दा अमेरिकी सेना आउँछ भनेर नियोजित रुपमा प्रचारबाजी गरिएको प्रवक्ता महतले बताउनुभयो । हिजो अबरोध र रस्काकस्सीको बीचबाटै एमसीसी संसदमा टेबुल भएको थियो । संसदमा एमसीसी टेबुल भएको बिरोधमा सडकमा नागरिकको प्रर्दशन पनि भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू