अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०५ | Colorodo: 07:20

जुनसुकै बेला माओवादी सरकारबाट बाहिरिन्छ : देव गुरुङ

बिआरटीनेपाल २०७८ फागुन ८ गते ७:२९ मा प्रकाशित

माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले आफूहरू जुनसुकै बेला सरकारबाट बाहिरिने चेतावनी दिनुभएको छ । सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी आफूहरूको सुझावविपरित यथास्थितिमै संसदमा टेबुल गरेकाले जुनसुकै बेला सरकारबाट बाहिरिने बताउनुभएको हो ।

एमसीसी सदनमा टेबुल भइसकेकाले अब अनुमोदनको प्रक्रियासम्म कुर्ने, निर्णयार्थ प्रक्रियामा सहभागी हुने र सभामुखको रुलिङ हेरेर चित्त नबुझे सरकारबाट बाहिरिने गुरुङको भनाइ छ । माओवादीले परिमार्जनसहित एमसीसी टेबुल गर्नुपर्ने अडान राख्दै आए पनि सरकारले जस्ताको तस्तै टेबुल भएपछि अब सदनमा प्रस्तुत हुने रणनीति पनि परिवर्तन गर्ने उहाँले बताउनुभयो । प्रतिनिधिसभाको अर्को बैठक अब आगामी बिहीबार बस्दैछ ।

सत्ता गठबन्धनमा आवद्ध सबै दलको समर्थनविना सरकारले एमसीसी टेबुल गरेको हो । सत्ता गठबन्धनका दलबीच मात्रै नभई एउटै दलका शीर्ष नेताहरू समेत पक्ष र विपक्षमा उभिएका छन् । गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस पहिलेदेखि नै एमसीसी अनुमोदन हुनुपर्ने पक्षमा थियो भने माओवादी केन्द्र यथास्थितिमा अनुमोदन गराउन नहुने अडानमा थियो । एकीकृत समाजवादीले परिमार्जन गरेर मात्रै टेबुल गर्न सरकारलाई आग्रह गर्दै आएको थियो । तर अहिले सैद्धान्तिक सहयोग मात्रै गरेको जनाएको छ ।

प्रतिक्रिया