अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१२ | Colorodo: 03:27

अमेरिकाकाे दबाबले सिङ्गाे नेपाल विभाजित भइरहेकाे छ : झलनाथ खनाल

बिआरटीनेपाल २०७८ फागुन ८ गते ७:२६ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सङ्घीय ऐन नै नबनाइ संविधान मिचेर जबरजस्ती एमसीसी संसदमा टेबल गर्नु संविधान विरोधी काम भएको बताउनुभएकाे छ । आज आइतवारकाे प्रतिनिधि सभाकाे बैठकपछि बाेल्दै उहाँले सरकारमा रहेका दलहरूको असहमतिमा संसदमा एमसीसी टेबल गरिनु संविधानलाई मिच्ने काम भएको बताउनुभयो ।

प्रमुख प्रतिपक्षले अवरोध गरिरहेका बेला कार्यसूचीसमेत ल्याउन नमिल्ने भन्दै नेता खनालले सरकारले राष्ट्रियता र स्वाधीनताको दीर्घकालीन कुरालाई संसद् अवरोधका बेलामा पेस गर्नु लज्जास्पद रहेको बताउनुभयो । उहाँले आफ्नो पार्टीको स्थायी कमिटीको बैठकले एमसीसी पास गर्न दिने कुराको निर्णय नगरेको भन्दै अमेरिकाको दबाबले सिङ्गो नेपाल विभाजित भएको बताउनुभयो ।  नेता खनालले एउटा आर्थिक सहायताका लागि देश विभाजन गर्न नमिल्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू