अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२३ | Colorodo: 20:38

नेपालमा थप ५ सय २१ जनामा काेराेना पुष्टि, झन्डै ४ हजार जना निकाे

बिआरटीनेपाल २०७८ फागुन १ गते ६:०४ मा प्रकाशित

पछिल्लो २४ घण्टामा नेपालमा पाँच सय २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १० हजार एक सय १५ जनाको नमुना परीक्षण गर्दा पाँच सय २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा तीन हजार नौ सय ३५ जना कोरोना सङ्क्रमित निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण १० जनाको ज्यान गएको छ ।  अहिले देशभर २२ हजार पाँच सय ८४ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू