अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०९ | Colorodo: 01:24

राप्रपाबाट अलग हुने कमल थापाको घोषणा

बिआरटीनेपाल २०७८ माघ २५ गते ६:५६ मा प्रकाशित

राप्रपाका पूर्वअध्यक्ष कमल थापाले राप्रपाबाट अलग हुने घोषणा गर्नुभएको छ । हेटौडामा मंगलबार पत्रकार सम्मेलन गरेर थापाले पार्टीबाट अलग हुने घोषणा गर्नुभएको हो । थापा पक्षले सोमबार दिउँसो छुट्टै भेलाको आयोजना गरेको थियो । भेलामा राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री कुन्ती शाही, रोशन कार्की, जयन्त चन्दलगायतका नेताहरू सहभागी हुनुभएको थियो ।

महाधिवेशनमा पराजित भएपछि राप्रपा पूर्वअध्यक्ष थापाले अलग्गै पार्टी खोल्नका लागि भेला आयोजना गरेको आशंका गरिएको भोलिपल्ट थापाले थापाले राप्रपाबाट अलग हुने घोषणा गर्नुभएको हो । तर थापाले नयाँ पार्टी खोल्ने या कुनै पार्टीमा आवद्द हुने भन्नेबारे भने केही खुलाउनुभएको छैन । राप्रपाको हालै सम्पन्न महाधिवेशनमा अध्यक्षमा थापा राजेन्द्र लिङ्देनसँग पराजित हुनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू