अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०६ | Colorodo: 04:21

कुनै पनि राजनीतिक दल विवादमा छैनन् : निर्वाचन आयोग

बिआरटीनेपाल २०७८ माघ २५ गते ६:५३ मा प्रकाशित

निर्वाचन आयोगले चुनावमा भाग लिनका लागि कुनै राजनीतिक दलको सम्बन्धमा विवाद नभएको बताएको छ । पछिल्लो समय जन्मिएका केही नयाँ राजनीतिक दलको विवाद पनि सर्वोच्च अदालत तथा निर्वाचन आयोगले सल्ट्याइसकेको आयोगको भनाइ छ । अहिले आयोगमा १ सय ५ वटा राजनीतिक दल दर्ता भएको आयोगले जनाएको छ । निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना प्रकाशित नभएसम्म अरु दल पनि दर्ता हुन सक्ने र निर्वाचनमा भाग लिन पाउने आयोगकाे भनाइ छ ।

सरकारले तोकेको मितिमा निर्वाचन सम्पन्न गराउन आयोग तयार रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पाैडेलले जानकारी दिनुभयो ।सबै लेखाजोखा गरेर नै सय दिनको आसपासमा निर्वाचन गर्न सकिने गरी आयोगले प्रधानमन्त्री समक्ष मिति प्रस्ताव गरेको उहाँको बताउनुभयो ।

निर्वाचनका लागि जनशक्तिको समस्या नभएको उहाँले बताउनुभयो । आयोगले आगामी स्थानीय तहको निर्वाचनमा विगतको तुलनामा खर्च बढ्ने बताएको छ । विगतको निर्वाचनको तुलनामा आउँदो स्थानीय तह निर्वाचनमा खर्च बढ्ने प्रवक्ता पौडेलले बताउनुभयो । आयोगले केही दिनभित्रमै निर्वाचन कार्यतालिका प्रकाशित गर्ने पनि बताएको छ । निर्वाचन कार्यतालिकाको विषयमा छलफल भइरहेको आयोगका प्रवक्ता पौडेलले जानकारी दिनुभयो । उहाँले मतदाता नामावली संकलनको कार्य स्थगित भएको उल्लेख गर्दै अब मतदाता नामावलीको अद्यावधिकको काम सुरु हुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू