अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३९ | Colorodo: 02:54

चीनसँगको सीमा विवादकाे वास्तविकता बाहिर ल्याउँछौं : सञ्चारमन्त्री कार्की

बिआरटीनेपाल २०७८ माघ २५ गते ५:४५ मा प्रकाशित

चीनसँगको सीमा विवादका विषयमा वास्तविकताका आधारमा उपयुक्त समयमा आधिकारिक घारणा बाहिर ल्याउने सरकारले जनाएको छ । मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चीनसँगको सीमा विवादका विषयमा यथार्थ रिपोर्ट र वास्तविकताका आधारमा बाहिर ल्याउने बताउनुभएको हो ।

उहाँले कुनै रिपोर्टको आधारमा नभएर वास्तविकताको आधारमा चाँडै सरकारले चीनसँगको सीमा विवादबारे यथार्थ धारणा ल्याउने बताउनुभयो । मन्त्री कार्कीले सरकार छिमेकी देशहरूसँग सीमा समस्या आउन नदिनको लागि प्रयत्नशील रहेको पनि उल्लेख गर्नुभयाे ।

त्यस्तै, पत्रकारको राष्ट्रपति चुरे संरक्षण तराई मधेश समितिका पदाधिकारी पदमुक्त गरेको प्रश्नमा मन्त्री कार्कीले समाचार प्रकाशन गर्ने सञ्चारमाध्यम नै जिम्मेवार रहने बताउनुभयो । प्रवक्ता कार्कीले भारत र चीनसँगको सीमा समस्यालाई कूटनीतिक माध्यमबाट सरकारले समाधान गर्ने पनि उल्लेख गर्नुभयाे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू