अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०१ | Colorodo: 20:16

टाइगर कप भलिबल- पुलिसलाई पराजित गर्दै आर्मी फाइनलमा

बिआरटीनेपाल २०७८ पुष ३० गते ७:३७ मा प्रकाशित

साविक विजेता विभागीय नेपाल पुलिस क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब पोखरामा जारी दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा आज शुक्रबार भएको राउन्ड रोविनको अन्तिम खेलमा पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो ।आर्मीले पुलिसमाथि २१–२५, २५–१८, २५–२१ र २५–१३ को जित निकालेको हो ।

यस जितसँगै आर्मीले ४ खेलमा ९ अंक जोड्यो । पराजित पुलिसको ३ खेलबाट ३ अंक छ । अब आर्मीले उपाधिका लागि एपीएफ र न्यु डायमण्ड मध्ये एक टोलीसँग खेल्नेछ ।

प्रतिक्रिया