अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४५ | Colorodo: 10:00

चीनसँग जोडिएका नाका खुला गर्न माग गर्दै प्रदर्शन

बिआरटीनेपाल २०७८ पुष २८ गते ६:४५ मा प्रकाशित

चीनसँग जोडिएका केरुङ र खासा नाका खुला गर्न माग गर्दै सिन्धुपाल्चोकका स्थानीवासीले विरोध प्रदर्शन गरेका छन् । बुधवार माइतीघर मण्डलामा सिन्धुपाल्चोकका स्थानीयवासीले चीनसँग जोडिएका केरुङ र खासा नाका खुला गर्न माग गर्दै आन्दोलन गरेका हुन् ।

आन्दोलनमा सहभागीले चीन आवतजावत गर्ने केरुङ र खासा नाका खुला गर्न सरकारलाई आग्रह गरेका छन् । आन्दोलनकर्मीहरूले नेपाल–चीन नाका खुला गर, विद्यार्थीहरूको भविष्यमाथि खेलबाड गर्न पाइँदैन, हुम्ला जिल्लामा रहेको १२ नम्बर पिल्लर सार्न पाइँदैन, नेपाली भूमि अतिक्रमण बन्द गर लगायतका नारा लगाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू