अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५५ | Colorodo: 11:10

पूर्वराजा ज्ञानेन्द्रद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण

बिआरटीनेपाल २०७८ पुष २७ गते ६:०३ मा प्रकाशित

पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्नुभएको छ । आज मङ्गलवार राष्ट्रिय एकता दिवस तथा ३०० औँ पृथ्वी जयन्तीको अवसरमा पूर्वराजा शाहले सिंहदरबारको पश्चिम मूलगेटमा रहेको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा माल्यापर्णसहित पुष्पहार अर्पण गर्नुभएको हो । त्यस अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र पूर्वअध्यक्ष कमल थापाले पनि पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पणसहित पुष्पहार अर्पण गर्नुभयो ।

पृथ्वी जयन्तीको अवसरमा काठमाण्डौसहित देशभरका विभिन्न ठाउँमा विभिन्न कार्यक्रम गरी पृथ्वी जयन्ती मनाइएको छ । त्यस अवसरमा काठमाण्डौमा भने साँस्कृतिक झाँकीसमेतको ¥याली प्रदर्शन गरिएको छ । र्यालीमा उपस्थित भएकाहरूले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा नदिनु दुःखको कुरा भएको गुनासो गरेका छन् । उनीहरूले आफूहरू नेपाली हुनुको कारण पृथ्वीनारायण शाह भएको र त्यसमा गर्वबोध हुने गरेको बताउँछन् ।

आफू नेपाली हो भन्नेहरूका लागि आजको दिनको ठूलो औचित्य रहेको उनीहरूको भनाइ छ । राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहले गरेको त्याग मेटेर नमेटिने तर्कसमेत र्यालीमा सहभागीहरूले गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू