अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५५ | Colorodo: 04:10

संविधान संशोधन र नागरिकताको मुद्दा छिटो समाधान होस् – अध्यक्ष यादव

बिआरटीनेपाल २०७८ मंसिर २४ गते ८:१५ मा प्रकाशित

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन र नागरिकताको मुद्दा छिटोभन्द छिटो समाधान हुनुपर्ने बताउनुभएको छ ।शुक्रबार नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शुभकामना दिन भृकुटीमण्डप पुग्नुभएका अध्यक्ष यादवले संविधानप्रति मधेशी जनता असन्तुष्ट रहेको बताउँदै संविधान संशोधनको मुद्दालाई जोड दिनुपर्ने बताउनुभयो ।

अध्यक्ष यादवले मधेशी नागरिकले नागरिकता पाउन समस्या झेल्नुपरेको भन्दै त्यो समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो । साथै उहाँले देशमा अधिकार प्राप्तीका लागि पुनः आन्दोलन गनुपर्ने अवस्था सिर्जना नहोस् भन्दै चेतावी दिनुभयो । मधेशी, दलित, अल्पसंख्यकहरुले आफ्ना अधिकार सहज रुपमा पाउनुपर्नेमा उहाँको जोड छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू