अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५४ | Colorodo: 18:09

‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन र पुलिस बराबरीमा रोकिए

बिआरटीनेपाल २०७८ मंसिर २२ गते ६:५९ मा प्रकाशित

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लब र नेपाल पुलिस क्लबले बराबरी खेल्दै अङ्क बाडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा हिमालयन शेर्पा र पुलिसले १–१ गोलको बराबरी खेलेको हो । हिमालयन शेर्पाले बनाएको एक गोलको अग्रता उल्टाएर पुलिसले बराबरी गर्दै अङ्क बाँडेको हो ।

खेलको ५३ सेकेण्डमा कप्तान विश्वास श्रेष्ठले गोल गर्दै हिमालयन शेर्पालाई सुरुआती अग्रता दिलाउनुभयो । दोस्रो हाफमा आक्रामक बनेको पुलिसले खेलको ६० औं मिनेटमा बराबरी गोल फर्कायो । बराबरीसँगै पुलिस ३ खेलमा ५ अङ्क जोड्दै चौंथो स्थानमा उक्लिएको छ । हिमालयन शेर्पा ३ खेलमा २ अङ्क जोड्दै लिगको १२ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया