अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१० | Colorodo: 20:25

ए डिभिजन लिगमा थ्री स्टार र फ्रेन्ड्स क्लबको बराबरी

बिआरटीनेपाल २०७८ मंसिर १७ गते ७:०९ मा प्रकाशित

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्री स्टार र फ्रेन्ड्स क्लबले बराबरी खेल्दै अङ्क बाढेको छ । आज भएको खेलमा थ्री स्टारले फ्रेन्ड्ससँग १ – १ गोलको बराबरी खेलेको हो । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सुरुआती एक गोलको अग्रता उल्टाएर थ्री स्टारले फ्रेन्ड्ससँग बराबरी खेलेको हो । थ्री स्टारका लागि मिक्छेन तामाङले गोल गर्नुभयो ।

फ्रेन्ड्सका तर्फबाट नाथनिल जुड ग्रासियाले एक गोल गर्नुभयो । खेलमा फ्रेन्ड्सका ग्रासिया म्यान अफ दि म्याच चुनिनुभयो भने फ्रेन्ड्सकै निशेन सुब्बा इमर्जिङ प्लेयर चुनिनुभएको छ । बराबरीसँगै थ्री स्टारले ३ खेलमा ४ अङ्क जोडेको छ भने फ्रेन्ड्सले ३ खेलमा २ अङ्क जोडेको छ ।

प्रतिक्रिया