अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३६ | Colorodo: 12:51

बङ्गलादेशसँगको पहिलो टेस्ट पाकिस्तानले आठ विकेटले जित्यो

बिआरटीनेपाल २०७८ मंसिर १४ गते ७:०६ मा प्रकाशित

बङ्गलादेशसँगको पहिलो टेस्ट क्रिकेट पाकिस्तानले आठ विकेटले जितेको छ ।बङ्गलादेशले दिएको दुई सय दुई रनको लक्ष्य पाकिस्तानले पाँचौँ दिनको खाना समयअघि नै मात्रै दुई विकेट गुमाएर भेटायो । पाकिस्तानको जितमा अबिद अलीले ९१ र अब्दुल्लाह सफिकले ७३ रन बनाए । अजर अली २४ र बाबर आजम १३ रनमा नटआउट रहे ।

जितसँगै पाकिस्तानले दुई खेलको शृङ्खलामा एक–शून्यको अग्रता बनाएको छ । यी दुईबीचको दोस्रो तथा अन्तिम टेस्ट डिसेम्बर ४ देखि ढाकामा सुरु हुनेछ । यसअघि भएको तीन खेलको टी–२० शृङ्खला पाकिस्तानले क्लिन स्वीप गरेको थियो । पाकिस्तान टी–२० शृङ्खला र टेस्ट शृङ्खलाका लागि बङ्गलादेश भ्रमणमा गएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू